ढकारी गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न , हाल सम्म ६० प्रतिशत बजेट खर्च

ढकारी गाउँपालिकाको आर्थिक वर्ष  २०७७ / ० ७८  एवम २०७८/०७९  को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।  ढकारी गाउँपालिकाका अध्यक्ष धन बहादुर बुढाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काँग्रेसका महासमिति सदस्य बल बहादुर कुवर रहनु भएको थियो । 

 कार्यक्रममा बोल्दै कुवरले जनताका सुझाव अनुसार पालिका सरकारले आफ्ना कार्यक्रम गर्नु पर्ने बताउनु भएको छ । साथै उहाँले जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रम पालिकाको नीति तथा कार्यविधिमा समेटिनु पर्नेमा जोड दिनु भएको छ । 

जनता सँग सहकार्य गरेर जनप्रतिनिधिले विकास निर्माण तथा विपन्न जनताको पक्षमा काम गर्न जरुरी रहेको कुवरको भनाई रहेको थियो ।सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद भाटले गाउँपालिका बाट गरिने सेवा प्रवाह सहित आर्थिक वर्ष २०७८÷०७९ को १९ करोड ३२ लाख ८२ हजार बराबरको आय व्याय प्रस्तुत गर्नु भएको थियो । 

 साथै उहाँले आर्थिक वर्ष २०७८/०७९को हाल सम्म १० करोड ३६ लाख ७७ हजार ३७९ अर्थात् ६० प्रतिशत खर्च भईसकेको र ८ करोड ९६ लाख ५ हजार ४४६ बराबरको रकम खर्च गर्न बाँकी रहेको समेत जानकारी गराउनु भएको थियो। साथै सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिक बाट  उठेका प्रश्न तथा जिज्ञासाको पालिका अध्यक्ष धन बहादुर बुढा ,निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र  भाट तथा पालिकाका  बिषयगत शाखाका प्रमुखहरूले सहभागी बाट उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनु भएको थियो । पालिकाले सार्वजनिक सुनुवाइमा प्रस्तुत गरेको काम बारेमा सहभागी नागरिकहरूले सुझाव तथा सल्लाह दिनु भएको थियो । 

 सार्वजनिक सुनुवाइ कार्यक्रमको अन्य अतिथिमा ढकारी गाउँपालिकाका ८ वटै वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू पलिकाका विभिन्न शाखा प्रमुख, विभिन्न पार्टीका प्रतिनिधि ,विभिन्न सङ्घ संस्थाका प्रतिनिधि ,पत्रकार , सुरक्षा कर्मी, बाल क्लब तथा युवा क्लबका प्रतिनिधि र सरोकारवाला लगायतको सहभागिता रहेको थियो । ढकारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउदले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको  सहजीकरण रेडियो हाम्रो जाल्पाका कार्यकारी निर्देशक धर्मेन्द्र  वि सिले गर्नु भएको थियो । hamronigrani.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button