काठमाण्डाै – पपुवा न्युगिनी (पीएनजी) सँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा नेपालले सम्मानजनक हार बेहाेरेकाे छ ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएकाे दुई सय ९३ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८६ रन मात्र बनाउन सक्याे । नेपालका लागि युवा ब्याटर राेहित पाैडेलले शतकीय पारी खेले । उनले एक सय सात बलमा एक सय २६ रन बनाए । यस्तै आरिफ शेखले ३४ र कुशल भुर्तेलले ३२ रन बनाए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनायाे । पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नाेर्मान भानुआले ४७ रन बनाए । बलिङतर्फ कमल ऐरी, साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए ।
राेहितकाे रेकर्ड नै रेकर्ड
आजकाे खेलमा राेहित पाैडेलले तीन वटा कीर्तिमान बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै पारीमा सर्वाधिक रन र एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।
आजकाे खेलमा पाँचौँ विकेटका लागि आरिफ र रोहितले एक सय चार रनको शतकीय साझेदारी गरे । याे एकदिवसीयमा नेपालको कुनै पनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो । यस्तै आज नै राेहित पाँच सय रन पूरा गर्ने पहिलाे नेपाली ब्याटर र एकै पारीमा नेपालबाट सर्वाधिक (एक सय २६) रन बनाए । ujyaaloonline.com