आउदो निर्वाचनमा नेकपा माओबदी केन्द्र पहिलो शक्तिको रुपमा स्थापित हुने नेकपा माओवादी केन्द्र प्रदेश उपाध्यक्ष रावलको दावी ।

बिक्रम परियार चैत १२ अछाम ।
नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष अक्कल बहादुर रावलले आउदो स्थानिय तहको चुनाबमा नकपा माओवादी पहिलो शक्तिको रुपमा स्थापित हुने बताएका छन ।

रेडियो रामारोशको बहमूलक कार्यक्रम रामारोशन चौतारीमा कुराकानी गर्दै पार्टीका प्रमुख सचेतक समेत रहनुभएका प्रदेश माननीय रावलले अहिले पनि जनताको माओवादी पार्टीमा आकर्षण बढ्दै गईरहेकाले जनताको पार्टी प्रतिको मोह कम नभएकाले अब आउँदो बैशाख ३० को निर्वाचनमा नेकपा माओवादी केन्द्र देशमा पहिलो शक्ति रुपमा स्थापित हुने दाबि गर्नुभयो ।

उहाँले स्थानीय तहको चुनावमा जनताको माझमा जान नेकपा माओवादी केन्द्र संग मात्रै चुनावी एजेन्डा भएको र २५० बर्षको संबैधानिक राजतन्त्र हटाउने,गणतन्त्र स्थापना गर्ने तथा आमूल परिवर्तनमा नेकपा माओवादी को ठुलो योगदान भएकाले अब बदलिएको ब्यवस्था कार्यन्वयन गर्ने जिम्मा पनि माओवादी कै भएकाले पनि जनताले माओवादीलाई बिजयी गराए मात्र देशमा समृद्धिको परिकल्पना सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा एक फरक प्रशंगमा बोल्दै माननीय रावलले राज्यको पहुँचबाट टाढा रहेका जनताका आधारभूत समस्या समाधान गरेपनि सोचेजति बिकास गर्न नसकेकाले जनता सम्म माफि माग्नु पर्ने अबस्था सृजना भएको पनि बताउनुभयो । उहाँले यो क्षेत्रको पर्यटन प्रबर्द्धनमा सरकारको स्थाईत्व नभएकाले आधारभूत कुराहरु पूरा गर्नमा चुनौति भएकाले आगामि पर्यटन प्रबर्द्धनका लागि विशेष प्राथमिकता दिने कुरामा जोडदिनुभयो ।

उहाँले आफु सधै जनताको साथमा रहेकाले जनताका समस्या नजिकैबाट नियालिरहेको र बिकास निर्माणमा सधै लागिरहेने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button