अमेरिका बाट भिम थापाले गरे सुर्यको उपचारका लागि ५० हजार सहयोग

मङ्सिर १४ अछाम

यही कार्तिक २५ गते बिद्युत् मर्मतका क्रममा शक्त घाइते भएका सुर्य थापाको उपचारको लागि भिम बहादुर थापाले ५० हजार सहयोग गर्नुभएको छ ।

अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना थाप्सा घरभई हाल रोजगारीको सिलसिलामा अमेरिकाको क्यालिफोर्निया बस्दै आउनुभएका थापाले उपचारमा सहज होस भन्दै ५० हजार सहयोग गर्नुभएको हो ।

काठमाडौको कृतिपुर हस्पिटलमा उपचार गराईरहेका सुर्य थापाको उपचारमा आर्थिक अभाबका कारण समस्या भएकाले आफुले सकेको सहयोग गरेको बताउनुभयो ।

साथै उहाँले आउने दिनमा पनि आर्थिक अभावले उपचारमा समस्या आउन नदिनका लागि सहयोग जारी रहने बताउदै सबै लाई सहयोग गरिदिन पनि अमेरिका बाट सबैमा अपिल गर्नुभएको छ ।

आर्थिक अभावका कारण सुर्य थापाको उपचारमा समस्या भए पश्चात् आर्थिक सहायता सङ्कलनका लागी बिभिन्न ब्यत्तित्व र निकाय बाट रकम सङ्कलन गरि सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

सानो सहयोगले पनि उपचारमा सहजहुने भएकाले आफुले सकेको रकम सहयोग गरिदिन आग्रह गर्नुभएको छ । सुर्य थापाको उपचारका लागि अहिले विभिन्न व्यक्तिहरु सहयोग रकम सङ्कलनमा जुटिरहेका छन । गम्भीर घाईते भएका सुर्य थापाको स्वास्थ अवस्थामा सुधार हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button