अछाममा हिड्दा हिड्दै लडेर एक जना पुरुष घाईते

अछाम : अछाममा हिड्ने क्रममा लड्दा एक जना घाईते भएका छन ।

शनिबार साँझ जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर २ बाब्लाका ४८ बर्षिय भिम रावत मिस्त्री कामगरी घर फर्किने क्रममा बाटोबाट झन्डै ८÷ १० मिटर तल खसेर घाईते भएको भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

उनको घाँटीको पछाडी मेरुडण्डमा चोट लागेकाले रावतलाई उपचारका लागी आज दिउँसो १२ न्याय हेल्थ बयालपाटा अस्पताल ल्याईएको थियो ।

बयालपाटा अस्पतामा सामान्य उपचार गरी थप उपचारका लागी अन्यन्त्र रेफर गरीएको प्रहरीे जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button