आनन्द साउद, चैत्र १८, अछाम एशियन लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख लाेकराज जाेशीले आजकाे सानाे बचतबाट गरिएको बीमाले भविष्यमा ठुलाे राहत मिल्ने बताउनु भएको छ ।
एशियन लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड उपशाखा मंगलसेन अछाममा भएको १ दिने अभिकर्ता पुनःताजगी तालिममा उहाँले बीमा हरेक मान्छेका लागि अनिवार्य भएको बताउनु भयाे । जीवनकाे जाेखिम बहन तथा बचत बीमाकाे प्रमुख कार्य भएको भन्दै प्रदेश प्रमुख जाेशीले समयलाई चिन्दै अघि बढ्नुपर्ने र समयमै आफ्नाे तथा आफ्ना सन्तानकाे बीमा गर्नुपर्नेमा जाेड दिनुभयो ।
एशियन लाईफ ईन्स्याेरेन्स कम्पनीले सधैं भरपर्दाे, सरल र विश्वसनीय सेवा दिएकाे भन्दै उहाँले आगामी दिनमा कम्पनीकाे तर्फबाट बीमितलाई हुने सहयाेग तथा पाउने सुविधाका लागि कम्पनी सधैं अग्रसर भैरहेने बताउनु भयाे । मानिसले जीवन बदल्ने साेच राख्नुपर्ने उहाँको भनाइ थियाे ।
मंगलसेन उपशाखा प्रमुख गाेकर्ण प्रसाद भाटकाे अध्यक्षतामा भएको कार्यक्रममा अभिकर्तालाई कसरी सेवा दिने र सबैलाई बीमामा कसरी जाेड्ने भन्ने बिषयमा जानकारी गराईएकाे थियाे । साे अवसरमा सक्रियताकाे साथ कार्य गर्ने अभिकर्ताहरू झपट कुमार केसी, आनन्द साउँद,झरना कुवर, जमुना कुमारी बिक,दानमनि बम साहि,कृष्ण प्रसाद , कठाएत,उजीर साउद लगायतलाई दाेसल्ला ओढाई सम्मान गरिएको थियाे ।
कार्यक्रममा ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय मंगलसेनका कबिता दिदी, उपशाखाका कर्मचारी गाेपाल केसी, विभिन्न अभिकर्ताहरू लगायतकाे सहभागिता रहेको थियो । मंगलसेन उपशाखा प्रमुख गाेकर्ण प्रसाद भाटकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालक कम्पनीका डाेटी शाखा प्रमुख नवराज पण्डितले गर्नुभएको थियो ।