
जुपुका ३० जना किसान लाई बाख्रा बितरण
चैत २२ अछाम । मंगलसेन नगरपालिका वाडा नम्बर १० जुपुमा पहिलाे चरण अन्तर्गत ३० जना किसानहरुलाई ९० बाख्रा बितरण गरिएका छन ।
प्रदेश सरकारकाे कृषि तथा पशुपंक्षि मंन्त्रालयकाे ३० लाख रकम अनुदानमा बाख्रा ब्लक सहयाेग कार्यक्रम अन्तरगत ६० जना किसानहरुलाई तीन बाख्रा का दरले थप बाख्रा बितरण गरिने भएका छन ।
नवदुर्गे बाख्रा पालन ब्लक संचालन समिति मंगलसेन १० जुपुकाे आयाेजनामा वाडा नम्बर १० जुपुका अध्यक्ष नेत्र बहादुर रावलकाे प्रमुख आतिथ्यतामा बितरण गरियएका हुन ।
बाख्रा बितरण गर्दै वडा अध्यक्ष रावलले किसानहरुलाई ब्यावसायिक रुपमा लागेर आए आर्जन बढाउन आग्रह गर्नु भयाे ।
यसरी समुदायमा बाख्रा बितरण कार्यक्रमले ब्यावसायिक बाख्रा पालक किसानलाई राहत पुग्ने पशुसेवा बिज्ञ केन्द्रका प्राबिधिक ज्ञान बहादुर थापाले बताउनु भयो ।
अहिले बाख्रा ब्लक कार्यक्रम अन्तरगत गाउमा बाख्रा बितरण गरिएको र गाउँ नै बाख्रा पालन ब्यावसायमा अघाडि बढेमा बाख्रा जाेन कार्यक्रमका लागि पहल गरिने नवदुर्णे बाख्रा पालन ब्लक संचालन समितिका अध्यक्ष धन बहादुर कडायतले बताउनुभयाे ।
कार्यक्रममा मंगलसेन नगरपालिका का पशु शाखा प्रमुख नेत्र कठायत, पशु प्राबिधक लाेकेश्वरि बढायत, प्रत्रकार नरेन्द्र रावलकाे उपस्थिति रहेको थियाे ।