स्थानीय तहमा लैंगिक तथा समावेशी समानुपातिक नेतृत्व सुनिश्चितताका लागि राजनीतिक दलका प्रमुखहरु र सरोकारवालाहरु बीच अन्तरक्रियात्मक कार्यक्रम जिल्ला सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । मालिका बिकास संघ नेपालको परिबर्तन परियोजनाको आयोजना र जिल्लाका राजनीतिक दल र सरोकारवालाहरुको समन्वयमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा आसन्न स्थानीय तहमा लैंगिक तथा समावेशी समानुपातिक नेतृत्व सुनिश्चितताका लागि के गर्न सकिन्छ भन्ने बिषयमा सहभागी सरोकारवाला र राजनीतिक दलका प्रमुखहरु बिच खुला छलफल समेत भएको थियो ।
कार्यक्रममा सहभागीहरुले हरेक स्थानीय तहमा अझै पनि लैंगिक तथा समावेशी समानुपातिक नेतृत्व सुनिश्चितत हुन नसकेको भन्दै गुनासो गरेका थिए । महिला, दलित, अपांग लगायत पिछडिएका बर्गहरुलाई समेटेर लिन नसकेको भन्दै राजनीतिक दलहरुका अगुवाहरुहरुको कारण नेतृत्वमा आउन नसकेको बताएका थिए ।
आगामी आसन्न स्थानीयतहको चुनाबमा नेतृत्व हाक्ने जिम्मा दिनुपर्नेमा जोड दिएका छन् । मालिका विकास संघ नेपालका अध्यक्ष हिमबहादुर विश्वकर्माको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य अछाम सह– ईन्चार्ज सांसद यज्ञ बहादुर बोगटी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोगटीले हरेक ठाउँमा महिलाको सहभागीता ३३ प्रतिशत सुनिश्चित गर्नु पर्ने संविधानमा व्यवस्था गरिएको भन्दै त्यहि व्यवस्था अनुसार अहिले दातृ निकायहरुमा पनि महिलाको सहभागीता ३३ प्रतिशत सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
वडा वा स्थानीय तहको नेतृत्व लिने र दिने सन्दर्भमा महिला व्यबहारीक हुनुपर्ने उहाको भनाई थियो । २०७४ सालको स्थानीय तहमा अछममा १ जना पनि वडा अध्यक्ष बनाउन नसक्नु आफुहरुको कम्जोरी भएको बताउनुभयो । अबको स्थानीय तहमा वडामै ३३ प्रतिशत महिलाको सहभागीता हुनु पर्ने अठोटका साथ अघि बढ्नु पर्ने बताउनुभयो ।
आउदो निर्वाचनमा वडा तहमा पनि ३३% महिलाको नेतृत्व वडा अध्यक्ष बनाउने अठोटका साथ अघि बढे मात्रै संविधानमा भएका व्यवस्थाहरुलाई अक्षरशं कार्यन्वय गरेको मानिने उहाँले बताउनुभयो । संविधान र बिधानमा लेखिएका कुराहरु व्यबहारमा कार्यन्वयन गर्नुपर्ने उहाँको भनाई थियो । महिला पुरुष मिले मात्रै समृद्ध, र सुखी समाज बन्न सक्ने बताउनुभयो ।
अछाम जिल्लामा धेरै महिला नेतृ रहेको भन्दै नगरपालिका र गाउँपालिकाको मुल नेतृत्वमा कसरी ल्याउन सकिन्छ भन्ने कुरा पार्टिले सोच्नु पर्ने बाध्यता सिर्जना भएको उहाँको भनाई थियो । अछाम जिल्लामा महिलालाई नेतृत्वमा सुनिश्चित गर्नका लागि सबै राजनीति दलका नेताहरु छलफल गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
यस सम्बन्धमा आफुले खेल्नु पर्ने भुमिकाका निम्ति वडा अध्यक्ष, नगर प्रमुख उप –प्रमुख अध्यक्ष उपाध्यक्ष नेतृत्वदायी अंगमा ३३% नभएपनि केही प्रतिशत चाहिँ बनाउनु पर्नेकुरामा लाग्नुपर्ने र यस्मा आफु प्रतिबद्ध रहेको बताउनु भयो ।
यस्तै कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला समन्वय समितिका उप–प्रमुख टोप बहादुर रावलले नेपालको संविधानले समाबेशी लोकतन्त्रको परिकल्पना गरेको भन्दै अहिलेको अबस्थामा पछाडि परेको वर्ग, लिङ्ग, समुदाय र समाजलाई राष्ट्रको मुल प्रवाहमा ल्याउनु अहिलेको आवस्यकता भएको बताउनु भयो ।
बिकासमा पछाडि परेको क्षेत्र बर्ग, समुदाय र समाजलाई राष्ट्रको मुल प्रबाहमा ल्याउने अहिले संविधानले कल्पना गरेको भन्दै २०७४ सालको निर्वाचनबाट स्थानीतहमा उल्लेख्खीय रुपमा महिला जनप्रतिनिधि आएको भन्दै अझै संख्या बढाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष चन्द्रबहादुर बोहरा नेपाली कांग्रेसका उपसभापति चन्द्र ढुंगाना नेकपा एकिकृत समाजवादीका अध्यक्ष हिरण्य भट्टराइ लगाएतका नेताहरुले बोल्नु भएको थियो । कार्यक्रमको उदेश्य माथि मालिका बिकास संघ नेपाल अछामको परिवर्तन परियोजनाका अफिस ईन्चार्ज रतन बहादुर रावलले प्रकाश पार्नुभएको थियो ।
मालिका विकास संघ नेपालका उपाध्यक्ष लक्ष्मी भक्त जोशीको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रमको संचालन गोपि सिह नेपालिले गर्नुभएको थियो ।