चाैरपाटी गाउँपालिकाका राजनीति दल र सराेकारबालाहरु बिच अन्तक्रिया कार्यक्रम सम्पन्न

बिक्रम परियार चाैरपाटी गाउँपालिकाका राजनीति दल र सराेकारबालाहरु बिच अन्तक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । स्थानीय तहमा लैङ्गिक तथा समावेशी समानुपातिक नेतृत्व सुनिश्चितताका लागि राजनीतिक दलका प्रमुखहरु र सराेकारबाला बिच अन्तक्रिया गरिएकाे हाे ।

मालिका बिकास संघ नेपालकाे परिवर्तन परियाेजनाकाे अायाेजना र चाैरपाटी गाउँपालिकाकाे समुन्वयमा भएकाे कार्यक्रमकाे अध्यक्षता गाउँपालिका उपाध्यक्ष माया कुँवर रहनुभएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले आत्मा बिश्वास नै सबैभन्दा ठुलाे शक्ति भएकाले अब आउँने स्थानीय तहकाे निर्वाचनमा महिलाले अग्रसर हुनुपर्नेमा जाेडदिनु भयाे ।

उहाँले हिजाे चुलाे चाैकाेमा सिमित महिलाहरुमा आएकाे परिवर्तनले नै समाज रुपान्तरण भएकाे उल्लेख गर्दै समुदायका पछाडि पारिएकाे वर्गमा आएकाे परिवर्तनमा मालिका विकास संघकाे पनि प्रमुख भुमिका भएकाले समेत धन्यवाद दिनुभयाे।

कार्यक्रममा नेपाली कांग्रेस कल्लान सिह थापा,नेकपा माओवादी केन्द्रका जीवन बिक्रम साउँद, नेकपा एकीकृत समाजबादी पार्टिका राम बहादुर साउद, वडा नं १ का वडा अध्यक्ष सालिभान साउद, वडा नं२ का अध्यक्ष नारायण साउद, वडा नम्बर ५ का अध्यक्ष टेकबहादुर खड्का लगाएतकाे सहभागिता रहेकाे थियाे ।

मालिका बिकास संघ कार्यक्रम संयाेजक रतन रावलले कार्यक्रमकाे उदेश्य बारेमा जानकारी गराउनु भएको थियाे ।

मालिका बिकास संघका सामाजिक अधिकृत गाेपि सिह नेपालिकाे स्वागत मनतब्यबाट सुरुभएकाे कार्यक्रमकाे संचालन मालिका बिकास संघका सामाजिक सहजकर्ता दिनेश आउजीले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button