
चैत्र २६ । महालक्ष्मी विकास बैंक लि. डडेल्धुरा शाखाले विद्यालयलाई ह्वाईट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण गरेको छ।
महालक्ष्मी बिकास बैंक लि. डडेल्धुरा शाखाद्धारा अजयमेरु गाउँपालिकामा अवस्थित सहश्रलिंग उच्च माध्यामिक विद्यालय चमडालाई ह्वाईट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण गरेको हो। “सबल बैंक, सफल सहकार्य” को मूल नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि नेपाल अधिराज्य भरी १०३ शाखा तथा ३५ वटा ए.टी.एम मार्फत लगभग ६ लाख भन्दा माथि ग्राहकहरुमा अनवरत रुपले गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आई रहेको छ।
महालक्ष्मी बिकास बैंक लि.डडेल्धुरा शाखाले अजयमेरु गाउँपालिका अवस्थित सहश्रलिंग उच्च माध्यामिक विद्यालयलाई चमडालाई ह्वाईट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण गरेको हो। विद्यार्थीहरुलाई पठन–पाठनमा सहजका निम्ति ७ थान ह्वाईट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति एक लिटर क्षमता भएको १ थान पानी ट्यांकी हस्तान्तरण गरेको हो। उक्त हस्तान्तरण कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थान समितिका अध्यक्ष हरि कृष्ण पाल, विद्यालयका प्राचार्य रन बहादुर ऐर, शिक्षक, विद्यार्थीहरु, राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि, स्थानीय तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा विद्यालयका तर्फबाट स्वागत तथा सामाजिक कार्यका निम्ति बैंक परिवारलाई धन्यवाद प्रकट तथा सम्मान पत्र प्रदान गरिएको थियो। अन्य वक्ताहरुले समेत यस सामाजिक कार्यका निम्ति प्रसंशा गर्नु भयो भने बैंकका तर्फबाट महालक्ष्मी विकास बैंक लि. डडेल्धुरा शाखाका शाखा प्रवन्धक प्रकाश खड्काले बैंकको विभिन्न क्रियाकलापका बारेमा प्रकाश पार्नु भएको थियो। साथै आगामि दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्दै जाने जनाईएको छ।



