सन्दिप लामिछानेको स्वास्थ्य अवस्था सामान्य

  मंसिर १५, २०७७ सोमबार ८:४५:१५

काठमाण्डौ – श्वासप्रश्वासमा समस्या भएपछि क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

काठमाण्डौको ह्याम्स अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको हो । अस्पतालले यसबाहेक थप जानकारी दिन मानेको छैन ।

लामिछानेलाई गएको शुक्रबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । कोरोनाको सामान्य लक्षण देखिए पनि उनले स्वास्थ्य परीक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button