अछाम बहुमुखी क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) काे अन्तिम चरणमा

टेकराज भण्डारी बैशाख ५, अछाम अछाम बहुमुखी क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्तिको अन्तिम चरणमा पुगेकाे छ ।

विश्वविद्यालय अनुदान आयोगको टोलीले बैशाख ३ गतेदेखि ५ गतेसम्म अन्तिम चरणको भ्रमण गरि आवश्यक प्रक्रिया अगाडि बढाएकाे छ ।

अन्तिम भ्रमण गरी तयार पारिएको प्रतिवेदन टाेलीले क्याम्पसलाई बुझाएको छ । अयोगका पूर्व अनुगमन संयाेजक प्राध्यापक डाक्टर बालमुकुन्द भण्डारीकाे नेतृत्वमा आएकाे टाेलीले मंगलसेन नगरपालिकाका प्रमुख समेत रहनु भएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष पदम बहादुर बाेहरालाई प्रतिवेदन प्रदान गर्नुभयाे ।

प्रतिवेदनमा क्यूएए प्राप्तिका लागि गत बर्ष गरिएको भ्रमणमन पाईएकाे अवस्था, दिईएका सुझाव कार्यान्वयनकाे अवस्था र थप गर्नुपर्ने कार्यका बारेमा सुझाव दिईएकाे छ ।

आज समापन कार्यक्रममा प्राध्यापक डाक्टर भण्डारीले विभिन्न ४६ बुँदामा सुझाव दिनु भएको छ । देशभरका क्यूएए प्राप्तिका लागि ९० क्याम्पस मध्येकाे अछाम बहुमुखी क्याम्पस पनि एक हाे ।

विश्वविद्यालय अनुदान आयाेगले उच्च शिक्षा सुधार कार्यका लागि क्यूएए कार्यक्रम सञ्चालन गरिरहेकाे छ । यसका लागि अछाम बहुमुखी क्याम्पस २०७२ सालदेखि लागिरहेको छ ।

अछाम बहुमुखी क्याम्पसमा भएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रतिवद्धता व्यक्त गर्दै नगरप्रमुख तथा सञ्चालक समिति अध्यक्ष बाेहराले यश क्षेत्रका स्थानीय शिक्षाका लागि हरेक दुःख र संघर्ष गर्दै आईरहेकाले क्यूएए प्राप्तिका लागि पनि प्रतिबद्ध रहेका बताउनु भयाे । उहाँले बाँकी काम पूरा गर्न र आयाेगसंग निरन्तर सम्पर्कमा रही क्यूएए मान्यता प्राप्त गर्न सधैं अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

यस्तै क्याम्पस प्रमुख छत्र बहादुर विष्टले हरेक पक्षको सहयाेग र सक्रियताकाे कारण क्याम्पस याे अवस्थामा पुगेकाे भन्दै सुझावलाई सुधारकाे मार्गदर्शन बनाउने बताउनु भयाे ।

प्रतिवेदन प्रस्तुत कार्यक्रममा श्रव्यदृश्य माध्यमबाट बाह्य देशका प्राध्यापक डाक्टर मन्जितसिंह सेन, नेपालका प्राध्यापक डाक्टर शंकर थापा, गीता प्रधान लगायत सहभागी भई सुझाव र शुभकामना व्यक्त गर्नु भएको थियाे ।

टाेलिमा संलग्न विश्वविद्यालय अनुदान आयोगका आस्मा अधिकारीले याे निरन्तर चलिरहने प्रक्रिया भएको बताउनु भयाे । अब आफुले अछाम बहुमुखी क्याम्पसको अवस्थाबारे क्यूएए काउन्सिलमा प्रतिवेदन प्रस्तुत गर्ने र त्यसपछि विश्वविद्यालय अनुदान आयाेगकाे बैठकमन पेश भई मान्यता पाउने नपाउने विषयकाे टुंगाे लाग्ने बताउनु भयाे ।

सहायक क्याम्पस प्रमुख तथा क्यूएए सम्पर्क व्यक्ति ध्रुव कुमार शाहीले क्याम्पसको अवस्था विगतको भन्दा निकै सुधार भएको र अब मान्यता पाउनकाे लागि अन्तिम चरणमा रहेकाे भन्दै बाँकी काम पूरा गरेरै छाड्ने बताउनु भयो ।

कक्षा ११ देखि स्नातकोत्तर तह सम्म पठनपाठन हुने क्याम्पसमा हाल ८ सय बढी विद्यार्थी अध्ययनरत छन् । समापन कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, सञ्चालक समितिका पदाधिकारी, क्याम्पसका प्राध्यापक, विद्यार्थी लगायतको सहभागीता रहेको थियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button