एसइई परीक्षा आज बाट, अछाममा ४ हजार ८ सय बढि विद्यार्थी सहभागी हुदैँ

अछाम : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बाट सुरु हुदै छ ।

एसईई परीक्षा २०७८ मा अछाममा ४ हजार ८ सय बढि बिद्यार्थी सम्मलित हुने भएका छन ।

बैशाख ९ गते शुक्रबार बिहान ८ बजेबाट संचालन हुने एसईई परिक्षामा ४ हजार ८ सय ८५ विद्यार्थी सहभागी भएर परिक्षा दिने भएका छन ।

जसमा छात्रा २ हजार ४ सय ६५ र छात्र २ हजार ४ सय २० परिक्षार्थि रहेका शिक्षा बिकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरीले बताउनु भयो । जिल्लाका २३ वटा परीक्षा केन्द्र मार्फत साधारण तथा प्राविधिक धारका विद्यार्थी रहेका गिरीले बताए ।

कोरोनाभाईरसको संक्रमण जोखिमका कारण विगत २ बर्षमा विद्यार्थीले परीक्षा दिन नपाएकाले यस बर्ष विद्यार्थी परीक्षा दिनका लागि उत्साहित बनेका उहाँले बताउनु भयो ।

हरेक विद्यालयमा संचालन हुने परिक्षालाई शान्त, मर्यादित र भयरहित वातावरणमा संचालनका लागि सबैलाई सहयोग गर्न प्रमुख गिरीले आग्रह गर्नु भएको छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button