अछाममा बस दु’र्घटना : एकको मृ’त्यु, १७ घा’ईते (पूर्ण विवरण सहित)

पूर्ण बहादुर खड्का१५ मंसिर २०७७, सोमबार १२:१४

अछाम । अछाममा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।

जिल्लाको सदरमुकाम मंगलसेनबाट धनगढी जादै गरेको सुदुरपश्चिम यातायात प्रा.ली.को ना ४ ख ९९७२ नं को बस दुर्घटना साँफेबगर नगरपालिका वडा नं. ३ का १९ बर्षिय निरज कुवँरको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय अछामले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय अछामका प्रतिनिधी देवेन्द्र खड्काका अनुसार आज मंगलबार बिहान ८ बजे चौरपाटी गाउँपालिका वडा नं ७ मार्कुमा दुर्घटना हुदा अन्य १७ जना घाईते भएका छन् ।

घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको उपचार भईरहेको बयालबाटा अस्पतालले जनाएको छ । अन्य घाइतेहरुको जिल्ला स्थित बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।

घाईतेको पूर्ण बिबरण ।

घाइते हुनेमा जिल्लाको चौरपाटी गाउँपालिका वडा नं ५ कि ६५ वर्षिया पार्वती भण्डारी, ४० वर्षका प्रमानन्द भण्डारी, २३ वर्षिय मनदेवी भण्डारी, मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडाकी ३१ बर्षिय यज्ञश्वरी उपाध्याय, ९ वर्षका डण्ड प्रसाद उपाध्याय, भिमदत्त नगरपालिका कञ्चनपुर १८ कि २५ वर्षिया सोनिया चन्द, बान्निगढी जयगढ गाउँपालिका वडा नं ५ कालिकाका २४ बर्षका नरेश रावल रहेका छन् ।

यस्तै साँफेबगर नगरपालिका वडा नं ३ का १७ बर्षका सन्तोष भण्डारी, वडा नं ६ भाग्यश्वरका ६० बर्षकाका कृष्ण राज पण्डित र उनकी श्रीमती ५१ बर्षिय बसुन्धुरा पण्डित, भाग्यश्वरकै २७ बर्षका अजय रावल, साफेबगर नगरपालिका वडा नं १३ बाब्लाका ३० बर्षका कृति सिह कुँवर, साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटकी २३ बर्षिय लक्ष्मी बोगटी, साफेबगर नगरपालिका वडा नं ४ का ४१ बर्षका टंक भण्डारी रहेका छन् ।

बसमा ३७ जना यात्रु सवार रहेका र अन्य सबैको प्राथमिक उपचार पछि घर फिर्ता भएका छन् बस तिब्र गतिमा रहेको र मोड काट्न नसक्दा दुर्घटना भएको घाइते प्रारम्भिक अनुसन्धानले देखाएको बुझिएको छ । बस सडकबाट अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button