अछामका १० पालिकामा काग्रेसका तर्फबाट प्रमुखमा लड्नेको नामावली टुंगियो

नेपाली काग्रेसको तर्फबाट अछामका १० वटै पालिकामा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुंगो लागेको छ ।

नेपाली काग्रेस अछामका अनुसार ४ वटा नगरपालिकामा मेयर र ६ वटा गाउपालिकामा अध्यक्ष लडने उम्मेदवारको टुंगो लागेको हो ।

पार्टीका अनुसार मंगलसेन नगरपालिकामा नम बहादुर शाही, साफेबगर नगरपालिकामा, राजेन्द्र कुवर, मेल्लेख गाउपालिकामा शेर बहादुर शाह, रामारोशन गाउपालिकामा मान बहादुर साउद, चौरपाटी गाउपालिकामा भिम बहादुर साउद चुनाव लडने भएका छन ।

त्यसैगरी बान्निगढी जयगढ गाउपालिकामा टेक बहादुर साउद, ढकारीमा प्रकाश बहादुर साउद, तुर्माखादमा कर्ण बहादुर बुढा, पन्चदेवल बिनायक नगरपालिकामा अम्बिका चलाउने र कमलबजार नगरपालिकामा यज्ञ प्रसाद ढकाल चुनाव लडने नेपाली काग्रेस अछामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button