अछाममा अपाङ्गता भएका बालबालिकाहरुका लागि निशुल्क घुम्ती शिविर सन्चालन हुदै

अछाम – अछाममा अपाङ्गता भएका बालबालिकाहरुका लागि १ दिने निशुल्क घुम्ती शिविर सन्चालन हुने भएको छ ।

बनेपा, काभ्रेपलान्चोक र मंगलसेन नगरपालिका अछामको संयुक्त आयोजनामा यो शिविर संचालन हुन लागेको हो ।

यहि बैसाख २१ गते बुधबारका दिन जिल्ला अस्पताल अछाममा अपाङ्गता भएका १८ बर्ष सम्मका बालबालिकाहरुले निशुल्क घुम्ती शिविरबाट सेवा लिन सक्ने छन ।

सिबिरमा जन्म जातमै खुट्टाको पैतला बाहिर पर्केको, जोर्निहरु र घुडाको पाङग्रो खुस्किएको, खुट्टा लुलो कमजोर भएको, आगोले पोलेर अङ्गहरु एक आपसमा टासिएको, भाचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको, जोर्निहरु दुख्ने र सुन्निने समस्या भएको, हड्डी पाकेर पिप आइरने, ढाड बाङ्गो वा कुप्रो भएका बालबालिकाले निशुल्क सेवा पाउने भएका छन ।

यस्तै औंलाहरु एक आपसमा टासिएको वा बढी भएको, हड्डीको टि. वि रोग लागेको, शरीरका विभिन्न जोर्निहरु बाङिएको वा खुस्किएको, कृतिम (खुट्टा) सहायक सामग्री आवश्यकता भएकाहरु र अन्य हाडजोर्नी समस्या भएकाले निशुल्क स्वास्थ्य सेवा पाउन सकिने सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button