महिला अधिकारकर्मि बिन्दु रावल बान्निगढी जयगढ गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार, को हुन त रावल

लामो समय देखि सामाजिक अभियानका क्षेत्रमा अग्रसर हुँदै राजनीतिमा होमिएकी बिन्दु रावल पालिका उपाध्यक्षमा उम्मेदवार बन्नु भएको छ । नेकपा एमाले अछामको जिल्ला कमिटी सदस्यमा लोकप्रिय मतका साथ विजयी भएसँगै एमालेले बान्निगढी जयगढ गाउँपालिकाको उपाध्यक्षमा अघि सारेको हो । गत २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन भएको बान्निगढी जयगढ गाउपालिकामा यसपालि पनि गठबन्धनलाई निरन्तरता दिएको छ ।

नेकपा एमाले एक्लै प्रतिस्पर्धा गरेसँगै अरु २ जना पालिकाकाे अध्यक्षमा स्वतन्त्र उम्मेदवार रहेका छन । दलित, महिला, अपांगको क्षेत्रमा लामो समय सामाजिक जीवन निर्वाह गरेकि बिन्दु रावलको उम्मेदवारीलाई चर्चाको रुपमा हेरिएको छ । दलगत स्वार्थ भन्दा समग्र महिला वर्गलाई माथि उठाउन आफ्नो उम्मेदवारी रहेकाले उपाध्यक्षमा जित्ने दाबि रावलको रहेको छ ।

सामाजिक क्षेत्रमा रहेर रावलले हालसम्म सेवक नेपालको एक एक कार्यकाल उपाध्यक्ष र कोषाध्यक्ष, महिला अधिकार मंच अछामको २ कार्यकाल अध्यक्ष, अन्तरपार्टी महिला संजाल अछामको एक/एक कार्यकाल अध्यक्ष र सचिवको भुमिका निर्वाह गरिसक्नु भएको छ ।

त्यसैगरि गैरसरकारी संस्था महासंघ अछामको २ कार्यमाल कोषाध्यक्ष र एक कार्यकाल सदस्य, मानव अधिकार एलायन्सको एक कार्यकाल उपाध्यक्ष, महिला अधिकार मंचको सशक्तीकरण कार्यक्रममा ४ बर्ष कार्यक्रम संयोजक र सुआहारा कार्यक्रमको अछाममा ७ बर्ष कर्मचारीको नेतृत्व गर्दै टिम लिडर भएर काम गरेको कार्य अनुभव रहेको छ ।

त्यस अघि नेकपा एमालेको विभिन्न कमिटीमा काम गर्दै ८ औं जिल्ला अधिवेशनमा लोकप्रिय मतका साथ विजयी हुनु भएको थियोे  www.mangalkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button