नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवारका आकांक्षीसहित १२ जना भन्दा बढी एमालेमा प्रवेश

नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवारका आकांक्षीसहित १२ जना भन्दा बढी एमालेमा प्रवेश गरेका छन् । मंगलसेन नगरपालिका–१३ वस्तीमा प्रभावशाली मानिएका समाजसेवी विरसिंह धामी, नेपाल शिक्षक संघ वस्तीका अध्यक्ष गगनसिंह धामीसहितको टोली एमाले प्रवेश गरेको हो ।

काँग्रेस परित्याग गरेर एमाले प्रवेश गर्नेमा मानसिंह धामी, मानसिंह नेपाली, धनविरे नेपाली, कर्णसिंह धामी, धनविरे धामी, दिपेश धामी, दलबहादुर धामीलगाएत रहेका छन् । काँग्रेस पार्टीले जनतनाको हि तगर्न नसक्ने भन्दै एमाले मात्र जनताको लागि सच्चा पार्टी भएको भन्दै आफूहरुले एमाले रोजेको भनाइ छ ।

एमालेले मात्र विकट ठाउँको विकास र सबै नागरिकको सही मूल्यांकन गर्नसक्ने भएकोले काँग्रेस पार्टी छोडेर एमाले रोजेको भनाइ राखेका छन् । मंगलसेन नगरपालिकाका मेयरका उम्मेदवार पदमबहादुर बोहरा, उपमेयरका उम्मेदवार संगीता रावल (सोडारी)सहितका एमालेका नेताहरुले नयाँ प्रवेशीलाई स्वागत गरेका छन् ।

एमाले मंगलसेन नगरपालिकाका उम्मेदवारको प्रचारप्रसार अन्र्तगत वस्तीमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । एमाले नै सही विकास र निकास दिनसक्ने भन्दै वस्तीका मतदाताले एमालेका उम्मेदवारलाई मतदान गरेर विजयी बनाउने भनाइ राखेको एमाले श्रोतले जानकारी दिएको छ ।

एमालेका मेयर र उपमेयरका कारण वस्तीमा सडक पुगेको भन्दै वस्तीका बासिन्दाले आफूहरुलाई थप विकासका काम आवश्यक भएकोले सूर्य चिन्हमै मतदान गर्ने बताएको एमाले अछामका सचिव भीमबहादुर रावलले जानकारी दिनुभयो । मेयर पदका उम्मेदवार पदमबहादुर बोहराले वस्तीलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको भन्दै आगामी दिनमा वस्तीको विकासमा ध्यान जाने भनाइ राख्नुभयो ।

मंगलसेन नगरपालिकामा एमाले उम्मेदवारको विजयीको लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादीका नेता, कार्यकर्ताहरुको आर्कषण बढेको पाइन्छ ।

केही दिनअघि मात्रै नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव  पुष्पराज भण्डारी काँग्रेस त्यागेर एमालेमा प्रवेश गरेर एमाले उम्मेदवार जिताउन गाउँगाउँमा पुग्न थालिसक्नुभएको छ । मंगलसेन नगरपालिकामा आफूले सानदार जित हासिल गर्ने एमाले मंगलसेन नगर कमिटीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button