अछाममा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार ५ महिनाकाे अवधिमा ५ जना महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मरासेनीकाे भनाइ

आनन्द साँउद बैशाख २३, अछामबाट एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका ४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिएको हाे ।

अम्बकला बिरामी भएको थाहा पाएपछि एमाले टोलकमिटी गोबिन्द बिक अगुवाइमा मोहन बिक जुनपुरा बिक, मोती बिक, ईश्वरी बिक लगायतले स्टेचरमा ३ घण्टा बोकेर स्वास्थ्य चौकी पुर्याएका थिए ।

स्वास्थ्य चाैकीमा उपचार सम्भव नभए पछि वडा, पालिका र जिल्ला प्रशासनको समन्वयमा सुर्खेत पठाएको समाजसेवी तथा नेकपा एमालेका नेतृ धर्मिन्द्रा शाहले जानकारी दिनुभयाे ।

शुक्रवार (आज) बिहान बाटुलासैन स्वास्थ्य चौकीमा प्रसुतीका लागि ल्याइएकी विकले छोरीलाई जन्म दिए पश्चात रक्तश्रावका कारण स्वास्थ्यमा जटिलता आएकाे थियाे । बच्चा जन्मिसकेपछि पनि उच्च रक्तस्राव हुँदा उहाँलाई प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको महिला स्वास्थ्य स्वयंसेविका मनसरादेबी खत्रीले जानकारी दिनुभयो ।

स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशाशन कार्यालय एवम् महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकाे समन्वयमा उद्धार गरि सुर्खेत पठाईएकाे अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिनुभयाे ।

गर्भवती, सुत्केरी तथा जटिल अवस्थामा महिलालाई जिल्लामा उपचार सम्भव नभए पछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत कुरुवा सहित निःशुल्क सुविधासम्पन्न अस्पतालमा पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताउनु भयाे ।

पछिल्लो ५ महिनाकाे अवधिमा मात्रै ५ जना महिलाको हेलिकप्टरबाट उद्धार गरिसकेकाे उहाँको भनाइ छ । दुर्गम क्षेत्रका महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिँदै आएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button