नेकपा एमालेकाे घरदैलो सहित काेणसभा ठुलासेनमा सम्पन्न

पवन खत्री, बैशाख २४, अछाम नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर ६ काे घरदैलो कार्यक्रम तथा काेणसभा ठुलासेनमा सम्पन्न भएको छ । वडाका भनथान, डाडाँगाउँ, छडाखेत, गाेठिना, पुरानापानी, ठुलासेन लगायतका टाेलमा घरदैलो तथा महिलाहरुकाे अगुवाइमा मतदान गर्ने तरिका सिकाउँदै ठुलासेनमा भएको काेणसभामा उम्मेदवारले आफ्ना प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका जिल्ला कमिटी सदस्य दुर्गाप्रसाद भण्डारीले एमाले जनताको मन जितेर अघि बढेको पार्टी भएको बताउनुभयाे । वडामा नेकपा एमालेको नेतृत्व विजयी भएमा वडामा सडककाे स्तराेन्नति तथा कालाेपत्रे गर्ने, बाँकी रहेका टाेलमा सडक विस्तार गर्ने, खानेपानी, सिँचाई लगायतका कार्य गर्ने बताउनु भयाे । अहिले गठबन्धनका नाममा महिला, दलित लगायतको अधिकार खाेस्ने काम भएको भन्दै यसमा आम जनता सचेत हुनुपर्नेमा जाेड दिनुभयाे ।

वडा सदस्य पदका उम्मेदवार समेत रहनु भएका नेता भण्डारीले कसैकाे लाेभ, लालच, पैसाकाे प्रलोभनमा नपरी निर्धक्कका साथ एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । निर्वाचन परिचालन कमिटीका संयाेजक तथा एमाले वडा नम्बर ६ का अध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार देवेन्द्र प्रसाद भण्डारीले आफुले वडा सदस्य हुँदा ५ बर्षसम्म निश्वार्थ रुपमा जनताको सेवा गरेकाे भन्दै अब अध्यक्ष भएर विकासका कार्यलाई थप अघि बढाउन जिम्मेवारी दिन आग्रह गर्नुभयो ।

आफू कुनै राजनीति, छलछाम तथा ठेक्का लिन अध्यक्ष हुन लागेकाे नभई जनताको सेवा गर्न र जनताका सुखदुःखमा साथ दिन अध्यक्ष हुन लागेको स्पष्ट पार्नुभयाे । आफुले गरेकाे कामका आधारमा जनताले आफुलाई विश्वास गर्ने भन्दै मंगलसेन नगरपालिकामा पनि पदम बाेहराकाे नेतृत्वले विकास, सुशासन र समृद्धिका लागि काम गरेकाे उल्लेख गर्नुभयो ।

त्यसैले एमालेका सातै जना उम्मेदवारलाई विजयी गराउन र बाँकी रहेका विकासका याेजनालाई अघि बढाउन समेत अध्यक्षका उम्मेदवार भण्डारीले आग्रह गर्नुभयो । आफू जनताको सेवा गरेरै मन र मत जित्ने भण्डारीको भनाइ छ । साेही अवसरमा नेपाली कांग्रेस परित्याग गरि जनक राज गिरी नेकपा एमालेमा प्रवेश भएका छन् ।

लामाे समय कांग्रेसमा सक्रिय गिरीलाई नेकपा एमालेका जिल्ला कमिटी सदस्य दुर्गाप्रसाद भण्डारीले टीका लगाई पार्टी प्रवेश गराउनुभयाे । महिला नेतृहरु मीना खड्का, नन्दकला भण्डारी, रमा भण्डारी लगायतको अगुवाइमा गएको महिलाकाे टाेलीले मतदातालाई मतदान गर्ने तरिकाबारे जानकारी गराएका छन् ।

ठुलासेनमा भएको काेण सभामा एमाले जिल्ला कमिटी पूर्व सदस्य प्रभुनाथ भण्डारी, एमाले अछाम काठमाण्डाैँ सम्पर्क कमिटीका सचिव रमेश भण्डारी, पूर्व क्षेत्रीय सदस्य सदस्य टंकप्रसाद भण्डारी, नगर सदस्य चक्र प्रसाद भण्डारी, बेदप्रसाद भण्डारी, हस्तना भण्डारी, नगर सदस्य भावना विक, बृख विक, नेपाल राष्ट्रिय शिक्षक संगठनका कुलानन्द भण्डारी, माेतिराम भण्डारी, राजेश्वर भण्डारी, महादेव भण्डारी, लाेकराज भण्डारी, खकेन्द्र भण्डारी, अनेरास्ववियुका जिल्ला सदस्य बालकृष्ण भण्डारी लगायतको सहभागीता रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन एमाले जिल्ला कमिटी सल्लाहकार चन्द्रप्रसाद भण्डारीले गर्नुभएको प्रेस चाैतरी अछामका सदस्य पवन खत्रीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button