राष्ट्रिय सभा सदस्य कुँवरद्धारा चौरपाटी गाउँपालिकामा १५ शैय्या अस्पतालको शिलान्यास

सोमबार १५, मङि्सर २०७७

अछाम । सोमबार सरकारले देशभर ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम अनुसार अछामको चौरपाटी गाउँपालिकामा पनि १५ शैय्या अस्पतालको शिलान्यास गरिएको छ । अस्पतालको राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवरले एक कार्यक्रमका विच शिलान्यास गरेका हुन ।

उनले एक स्थानिय तहका विरामीले अर्को स्थानिय तहका अस्पतालमा जानू पर्ने बाध्यताको अन्त्य हुने बताएका छन । राष्ट्रिय सभा सदस्य कुँवरले सरकारले देशभरका ७५३ वटै स्थानिय तहका सबै तहमा १५ देखि २५ शैयाको अस्पताल स्थापना गर्ने रणनिती अनुसार अस्पताल स्थापना गरिएको बताए ।

अस्पताल स्थापना सँगै सबै स्थानिय तहमा डाक्टर सहित सेवा सुविधा सहितको ब्यवस्था हुने उनले बताए । चौरपाटीमा स्थापना भएको अस्पतालका लागि संघिय सरकारको १८ करोड सहयोगमा अस्पतालको निर्माण गरिने भएको हो ।

स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष तथा वडा न १ का अध्यक्ष सालिभान साउदको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद,  उपाध्यक्ष माया कुँवर, नेकपाका चौरपाटी गाउँ संगठन कमिटी अध्यक्ष झंकर बहादुर साउद, नेपाली काँग्रेस गाउपालिका सभापति गणेश बहादुर शाह लगायतले मन्तब्य राखेका थिए । निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको
सञ्चालन प्रेस सल्लाहाकार राजेन्द्र कुँवरले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button