एमालेको चुनावी आमसभा कार्यक्रम चौरपाटी गाउँपालिकामा सम्पन्न ।

देशको राष्ट्रिय स्वाधिनता बचाउन जनताले नेकपा एमालेका उम्मेदवारलाई बिजयी गराउनेमा आफु बिश्वस्त रहेको नेकपा एमालेका पूर्व उपाध्यक्ष डा:रावलको भनाई

बिक्रम परियार देशको राष्ट्रिय स्वाधिनता बचाउन जनताले नेकपा एमालेका उम्मेदवारलाई बिजयी गराउनेमा आफु बिश्वस्त रहेको नेकपा एमालेका पूर्व उपाध्यक्ष डा:रावलको भनाई एमालेको चुनावी आमसभा कार्यक्रम चौरपाटी गाउँपालिकामा सम्पन्न ।।


नेकपा एमालेको चुनाबि आम सभा कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा एमालेका पूर्व उपाध्यक्ष, एब पूव उपप्रधान तथा रक्षा मन्त्री डा: भीम रावले नेकपा एमालेका कार्यकर्ताले पंच्यात कालदेखि पाटीको झण्डा उठाई रहेकाले एमालेका कार्यकर्ता कसैको पनि लोभलालच र डर धम्किमा नलाग्ने कुरामा आफु बिश्वस्त रहेको पनि बताउनुभयो । उहाँले नेपालको संबिधानमा सबै अधिकार जनताको हातमा भएकाले आउँने बैशाख ३० गतेको निर्वाचनमा जनताले नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउने कुरामा आफु निर्धक भएको पनि बताउनुभयो ।

यो देशको राष्ट्रिय स्वाधिनता र राष्टभौम बचाई राख्न पनि नेपाली जनताले नेकपा एमालेका उम्मेदवारलाई जनताको अधिकारको रक्षाका लागि पनि बिजयी गराउने भन्दै चौरपाटीको जनमासले चौरपाटीमा नेकपा एमालेको बिजयी भएको बताउनुभयो ।

यस्तै नेकपा एमाले चौरपाटी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राम बहादुर आउजीले चौरपाटी गाउँपालिकामा आँफुलाई जनताले बिश्वास गरेर बिजयी गराएमा चौरपाटी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने कुरामा आफु दृढ संकल्प बोकेर उम्मेदवारी दिएको बताउदै अब चौरपाटी गाउँपालिमा नेकपा एमालेले जित्यो भने मात्रै हाम्रो चौरपाटी राम्रो चौरपाटी बनाउन सकिने बताउनु भयो ।

उहाँले चौरपाटीका जनताको सुख दुखमा सधै आफु संगसंगै भएकाले पनि आफ्नो सुनिश्चित जित हुनेपनि बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा बिशिस्ट अतिथि नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य हर्कबहादुर कुँवर गोबिन्द नेकपा एमालेका प्रदेश सदस्य जंग बिक, नेकपा एमालेका जिल्ला कमिटी सदस्य देव बहादुर साउँद,रामबहादुर खड्का , सुसिला बोगटी प्रदेश कानुन बिभाग सदस्य खडक बहादुर खड्का, राम बहादुर कुँवर युवाको तर्फबाट झंकर बहादुर साउद धनबहादुर बोगटी,नेपाल राष्ट्रिय शिक्षक संगठन चौरपाटीका उपाध्यक्ष गोकुल खड्का लगाएतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

चौरपाटी गाउँपालिका कमिटीका अध्यक्ष झंकर बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मनतब्य चौरपाटी गाउँपालिका कमिटीका उपाध्यक्ष प्रेम खड्काले गर्नुभएको चुनावी आमसभा कार्यक्रमको संचालन कमटीका सचिव पूर्णबहादुर खड्काले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button