
दर्नामा गठबन्धनको प्यानल बिजयी, अध्यक्षमा जगत थापा
अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जगत बहादुर थापा बिजयी भएका छन् ।
गठबन्धनको तर्फबाट माओवादी केन्द्रमा थापाले सहित गठबन्धन बिजयी भएको छ। थापाले ६ सय ९९ मत प्राप्त गरी बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार चंख बहादुर रावतले ५ सय २२ मत प्राप्त गरेका छन् ।
दर्नाबाट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका टेक बहादुर साउदले ७ सय ७६ र एमालेका लोक बहादुर साउदले ५ सय मत पाएका छन ।
यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रमा निर्मला साउदले ७ सय र एमालेकि बिन्दु रावलले ५ सय ३५ मत प्राप्त गर्नुभयो। वडा नं ६ दर्नामा १३७६ मत खसेको थियो।
बान्नीगढी जयगढ गाउँपालिकामा नेपाली कांग्रेस ,एकीकृत समाजवादी र माओवादी केन्द्र बिच चुनावी तालमेल रहेको छ।