कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी

अछामको कमल बजार नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका यज्ञ प्रसाद ढकाल निर्वाचित भएका छन् । सोमबार विहान आएको मत परिणाम अनुसार ढकाल ४ हजार २८८ मतसहित विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक बहादुर साउदले ४ हजार ६५ मत पाएका छन् । उपप्रमुखमा भने एमाले उम्मेदवार शारदा कुमारी बिष्टले विजयी भएकी छिन् ।

उनले ४५२८ मत पाएकी छिन् । नेपाली काँग्रेसकी गौरी भण्डारीले ३६४८ मत मात्र प्राप्त गरिन् । नगर ७ वडा एमाले, २ काग्रेस र १ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button