मेल्लेखको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

शिवराज ढुंगाना : मेल्लेख गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ज्वालासिंह साउँद विजयी हुनुभएको छ । सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार साउँदले पाँचहजार १४४ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्ष पदमा नेपाली कांग्रेसका नृपबहादुर खड्काले चारहजार ४८४ मत प्राप्त गरेर विजयी भएका छन् ।

नेकपा (एमाले) भीमबहादुर खड्काले चारहजार १८४ मत प्राप्त गरेर मेल्लेख गाउँपालिकाको अध्यक्षमा पराजित भएका छन् । समाजवादीका उम्मेदवार समिता महर (साउँद) तीनहजार ८६८ मत प्राप्त गरेर उपाध्यक्षमा पराजित भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button