
अछामका ७ स्थानीय तहकाे अन्तिम मतपरिणाम सार्वजनिक
आनन्द साँउद जेठ ३, अछाम अछाममा ७ स्थानिय तहको मत परिणाम आएकाे छ । जसमा ५ ओटा स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ भने नेकपा एमाले १ स्थानीय तह नेकपा माओवादी केन्द्र बिजय भएको छ । जिल्लाको ढकारी गाउँपालीका, कमलबजार नगरपालिका बान्नीगढी जयगढ गाउपालिका, रामारोशन गाउँपालिका र चौरपाटी गाउँपालिका प्रमुखमा नेपाली काँगेस विजयी भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिकामा नेकपा एमालेका डम्बर बिसी, नेकपा माओवादी केन्द्रबाट मेल्लेख गाउँपालीकामा ज्वाला साउँद बिजय हुन भएको छ ।
ढकारी गाउपालिकामा नेपाली काँग्रेसका प्रकाश बहादुर साउँद र उपाध्यक्षमा नेत्रकलादेवी शाही विजयी भएका हुन्। साउले ३ हजार १ सय ८१ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार धर्मबहादुर शाहीले २ हजार ५ सय ५५ मत पाए। यस्तै गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै शाहीले ३ हजार १ सय मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मायादेवि बुढाले २ हजार ५ सय ७३ मत पाउनुभयाे ।
यस्तै कमलबजार नगरपालिकामा कांग्रेसका यज्ञ प्रसाद ढकाल र उपप्रमुखमा एमालेका शारदा बिष्ट कुँवर विजयी भएका छन् । ढकाल ४ हजार २ सय २८ मतका साथ बिजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक साउद ४ हजार ६५ पाए । उप प्रमुखमा नेकपा एमालेकी शारदा बिष्ट ४ हजार ५ सय २८ बिजयी हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गौरी बिष्ट भण्डारी ३ हजार ६ सय ४८ मत प्राप्त गर्नुभयो ।
रामारोशन गाउँपालिकाको अध्यक्षमा कांग्रेस मानबहादुर साउद र माओवादी केन्द्रका सिर्जना देवी बुढा निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित साउद ३ हजार १ सय २७ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पहल बहादुर साउद २ हजार ८ सय ९७ पाए ।
उपाध्यक्षका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उम्मेदवार सिर्जना देवी बुढा ३ हजार २८ निर्वाचित उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेदवार बसन्ती धामी (साउद) २ हजार ७ सय २८ पाएर पराजित भएका छन । बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका टेक बहादुर साउँद र उपाध्यक्षमा एमालेका बिन्दु रावल बिजय भएका छन ।
साउदले ३ हजार १ सय १२ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लोकबहादुर साउँदले २ हजार ६ सय १४ मत पाए । उपाध्यक्षमा एमालेबाट विन्दु रावल विजयी भएका छन् । उनले २ हजार ७ सय ३१ मत ल्याउदा गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी निर्मला साउँद २ हजार ७ सय १७ मतमा पराजित भइन् ।
चौरपाटि गाउँपालिकाको अध्यक्षमा काग्रेसका भिम बहादुर साउद र पाध्यक्ष काग्रेसकै सरदेजि खड्क विजय भएका छन् । अध्यक्षमा बिजय साउदले ३ हजार ९ सय ८२ प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका राम बहादुर राम बहादुर आउजिले २ हजार ५ सय ६ र एकिकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार निर्वतमान अध्यक्ष साउदले १ हजार ४ सय ७४ पाएर पराजित भएका छन ।
उपाध्यक्षमा काग्रेसकै सरदेजि खड्का ३ हजार ७ सय ३४ विजय हुनु भएको छ । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अनिता २ हजार ४ सय ९१ माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार जिवन बिक्रम साउदले १ हजार ७ सय ६३ मत पाए । तुर्माखाँद गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
एमालेका डम्बर बिसी ३ हजार ५ सय २३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४ सय ९३ मत ल्याए । जुन बिसीभन्दा ३० मत मात्र कम हो । माओवादी केन्द्रका मनबहादुर बयकले ३ हजार ९१ मत ल्याए । उपाध्यक्षमा पनि एमालेले जितेको छ ।
एमालेकी विमला शाहीले ३ हजार ५ सय १ मत ल्याएर विजयी भइन् । दोस्रो बनेकी कांग्रेसकी अनुजा सिजापती विष्टले ३ हजार ४ सय ५२ मत ल्याइन् । माओवादी केन्द्रकी पवित्रा उपाध्यायले ३ हजार १ सय ५५ मत ल्याइन् ।
गाउँपालिकाका बहुमत वडामा भने कांग्रेस विजयी भएको छ । काग्रसले ५ वडा, एमालले २ र माओबादी केन्द्र १ वडामा जिय भएको छ । मेल्लेख गाउँपालिका मेल्लेख गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्वाला साउँद र उपाध्यक्षमा कांग्रेसका नृप बहादुर खड्का विजय भएका छन । साउद ५ हजार १ सय ४४ मत प्राप्त गरि अध्यक्षमा विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नृर्प बहादुर खड्काले ४ हजार १ सय ८४ मत प्राप्त गरि पराजित भए। उपाध्यक्षमा कांग्रेसका नृप बहादुर खड्का ४ हजार ४ सय ८४ मत प्राप्त गरि विजयी भए ।
उनका निकटतम प्रतिद्वन्दी एमाले र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट एकीकृत समाजवादीका समिता महर ३ हजार ८ सय ६५ मत प्राप्त गरि पराजित भए । मेल्लेखमा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन गरेको थियो ।