अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट भण्डारीको नेतृत्वमा प्यानल सहित उम्मेदवारी दर्ता, जेठ २१ गते निर्वाचन हुने

टेकराज भण्डारी, जेठ १९, अछाम अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट प्यानल सहित उम्मेदवारी दर्ता भएको छ ।

जेठ २१ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनकाे लागि एमालेले दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा प्यानल सहित उम्मेदवारी दर्ता गराएकाे एमाले अछामका अध्यक्ष चन्द्र बाेहाराले बताउनु भयाे ।

मंगलसेन नगरपालिका वडा नम्बर ६ बाट वडा सदस्यमा निर्वाचित भण्डारीलाई पार्टीले सिफारिस गरेपछि समन्वय प्रमुखमा उम्मेदवारी दर्ता गरिएको हाे । दुई पालिका प्रमुख र ४ पालिका उपप्रमुख जितेकाे एमालेले गठबन्धन बिरुद्ध प्यानल सहित उम्मेदवारी दर्ता गराएकाे हाे ।

नेकपा एमालेकाे तर्फबाट समन्वय समिति उपप्रमुखमा पुतली रावलकाे उम्मेदवारी दर्ता भएको छ । यसैगरी सदस्यमा भुपेन्द्र महता, भानसिंह साउद, बज्जीर थापा, सुरत कामी, जमुना बि क, झुप्री कुमारी केसी र निर्मला भुलले उम्मेदवारी दर्ता गरेकाे एमाले जिल्ला सचिव भीम बहादुर रावलले जानकारी दिनुभयाे ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीकाे तर्फबाट नेपाली कांग्रेसले प्रमुख, उपप्रमुख सहित ७ सदस्य तथा माओवादी केन्द्र र एकीकृत समाजवादीले एकएक सदस्य पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button