विनोद शाही मृत्यु प्रकरण, दोषीलाई कानुनी कठघरामा चाडो भन्दा चाडो उभ्याउनु पर्ने एमाले अछामको माग

पंचदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानका १६ बर्षिया किशोर विनोद शाही मृत्यु प्रकरण बारे एमाले अछामले धारणा सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेकपा एमाले अछामले मृत्युुमा राजनिती गर्नु अपराध भएको जनाएको छ ।

सत्ताको चरम दुरुपयोग भएको भन्दै १७ गतेबाट बेपत्ता किशोरको खोजि कार्य नहुनु र २१ गते भिरमा फालेको अबस्थामा लास भेटिए पनि प्रहरी प्रशासन संवदेनशिल नभएको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बताउनु भयो । २१ गतेबाट नियमित आफन्त किटानी जाहेरी सहित मुद्दा दर्ता गर्न आउदा प्रहरीले मुद्दा दर्ता नगरेको आरोप अध्यक्ष बोहराले लगाए ।

दोषिले कुनै पनि हालतमा उन्मुक्ति नपाओस भन्दै राज्य र प्रहरीले लास पोष्टमार्टका लागि समेत चाडाे भन्दा चाडो तादरुकता देखाउनु पर्ने माग गर्नु भयो । नेकपा एमालेको मात्र मुद्दा नभई समाजको मुद्दा भएकाले जघन्य अपराध जस्ता घटनाका दोषिले कानुनी सजाय पाउनु पर्ने उहाँको माग थियो ।

लास भेटिएको ३ दिन बितिसक्दा समेत प्रहरी प्रशासनबाट कुनै सुनुवाइ नभएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने एमाले अछामका सचिव भिम बहादुर रावलले बताउनु भयो । समाजमा अपराधजन्य घटना घटाउने ब्यक्ति कानुनि कठघरामा ल्याएर निर्दोषले न्याय पाओस भन्ने एमाले अछामको स्पष्ट धारणा भएको सचिव रावलले बताउनु भयो ।

यसैबीच घटनाको सत्यतथ्यको माग गर्दै सदरमुकाम मंगलसेन बजार र विनायक बजारमा विद्यार्थीले नारा जुलुस गरेका छन । मंगलसेनमा अनेरास्ववियु अछामले र विनायकमा विद्या मन्दिर माध्यमिक विद्यालयका विद्यार्थीले नारा जुलुस गरेका थिए । mangalkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button