अर्थमन्त्री बोहराद्वारा विध्यालयको शिलान्यास र उद्घाटन

मङ्सिर १५ अछाम

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले मेल्लेख गाउँपालिकाको ऋषिदहमा विध्यालयको शिलान्यास र उद्घघाटन गर्नुभएको छ ।

मन्त्री बोहराले ऋषिदहको कमल प्रा.वि. सानिखेतमा बन्ने ४ काेठाको पक्की भवनको सिलान्यास गर्नुका साथै नन्दामात माध्यामिक विध्यालयकाे ४ काेठाको पक्कि भवनकाे समेत उद्घघाटन गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री बाेहराले नयाँ बन्ने विध्यालयका भवनहरु तोकिएको समयमा दिगो र टिकाउ हुने तरिकाले निर्माण गरि विध्यालय प्रशासन लाई हस्तान्तरण गर्न आग्रह गर्नुभयो । यस्तै उहाले बनेका भवनहरुको काम संतोषजनक भएकाले गुणस्तरीय शिक्षामा बिशेश जोड दिन निर्देशन दिनुभयो ।

शिक्षाको समग्र बिकासको लागि स्राेत ब्याबसथापन गर्न प्रदेश सरकारकाे तर्फबाट कुनै कमि नहुने बताउदै काेराेना माहामारिले स्वास्थ्य र शिक्षा क्षेत्रलाई पहिलाे प्राथमिकता दिएको बताउनुभयो । मेल्लेखका नमुना बिद्यालय बनाउन प्रदेश सरकार बाट बिशेश पहल गरिने बताउनुभयो ।

अर्थतन्त्र बोहराले आफु निर्बाचित भईसकेपछी दुरदराजका बस्तीमा पुगेकाे भन्दै समग्र मेल्लेख क्षेत्रकाे बिकाशकाे लागि आफू सधैं लागीरहने बताउनुभएको छ । उहाँले आबश्यकताको आधारमा पहिचान गरि बजेट बिनियोजन गर्ने गरेको बताउनुभयो ।

बिशेश गरि अछामका दुर्गम बस्ती र पछाडि परेका बर्ग लाई प्रथामिकतामा राखेर कार्यक्रम अघि बढाएको उल्लेख गर्नुभयो । अर्थमन्त्री बोहराले बिनियोजीत बजेटको सहि सदुपयोग गर्दै हरेक बिकास निर्माणका कामहरु नमिना बनाउनको लागि सबै एकजुट भएर लाग्न पनि निर्देशन दिनुभयो ।

यस्तै कार्यक्रममा बाेल्दै मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहराले सिलान्यास गरेकाे चार काेठे पक्की भवन काे लागि आफ्नै पहलमा प्रदेश सरकार मार्फत ४२ लाखकाे लगानीमा निर्माण हुने बताउनुभयो । उहाले शैक्षिक गुणस्तरीयता का लागि पालिकाको सहयाेगमा ५१ बिद्यालयका भवन निर्माण गरिएको बताउनुभएको छ ।

प्रदेश सरकारकाे सहयाेगमा ४० लाखकाे लगनिमा नन्दामाता माबीको भवन निर्माण गरिएको हो भने कमल प्रा.वि. को ४ कोठे भवन ४१ लाखको लगानिमा निर्माण गरिन लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button