अछाम घटना : विनोदको अन्त्येष्टि, १३ जना विरुद्द किटानी जाहेरी

अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका किशोर विनोद शाहीको शवको पोस्टमार्टमपछि दाह संस्कार गरिएको छ ।

शाहीको बिहीबार पंचदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कालिका स्थान बेलेखतको कर्णाली नदिमा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको हो ।

शव भेटिएको ६ दिनपछि बिहीबार शवको पोष्टमार्टम गरिएको थियो । जिल्ला अस्पताल अछाममा पोष्टमार्टम पछि आफन्तले उनको शव बुझेका थिए ।

१३ जनाको नाममा किटानी जाहेरी दर्ता :-

मृत भेटिएका किशोर विनोदको हत्या भएको भन्दै १३ जनाको नाममा किटानी जाहेरी दर्ता भएको छ ।

किशोरका आफन्तले उनको हत्यामा संलग्न भएको भन्दै १३ जना विरुद्ध किटानी जाहेरी दर्ता गराएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिएका छन् ।

नवनिर्वाचित जनप्रतिनिधि लगायतको नाममा किटानी जाहेरी दर्ता भएको बताईएको छ । स्रोतका अनुसार पंचदेवल नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने लगायतका १३ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको हो ।

प्रहरीले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै कसका नाममा किटानी जाहेरी दर्ता परेको हो भन्नेबारे जानकारी गराएको छैन ।

घटनाको अनुसन्धानका लागी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली घटनास्थलमै खटिएको छ ।

घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सङ्घीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली समेत परिचालन भएको छ ।

घटनाबारे अनुसन्धानका लागी बिभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने र आवश्यक सोधपुछ पछि छोड्ने गरिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिएका छन् ।

नेकपा एमालेले नेपाली काँग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाउँदै आएको छ । जेठ १७ गते राती देखी बेपत्ता रहेका विनोदको शव घर नजिकैको कुुच्चि जङ्गलको खोँचमा भेटिएको थियो ।

मृतक शाहीको न्यायका लागि जिल्लामा लगातार आन्दोलन भइरहेको छ । यस्तै सङ्घीय राजधानी काठमाडौँमा पनि उनको न्यायका लागि सङ्घर्ष गरिने बताइएको छ ।

बान्नीगढी टुडे अनलाइन बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button