
अछाम । जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्ने भएको छ ।
आर्थिक बर्ष २०७९/८० का लागी नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरिने नगरका सुचना अधिकारी बिष्णु जैळीले जानकारी दिनुभयो ।
नगरपालिकाको नगर सभा हलमा मंगलबार दिउसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको नगरपालिकाका सूचना अधिकारी जैशीले जानकारी दिनुभयो ।
आउँदो आर्थिक वर्षका लागी अछामका पालिका मध्य सबै भन्दा पहिले मंगलसैन नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
कार्यक्रममा सहभागीताको लागि नगरबासी नागरिक, संचारकर्मी लगायतको उपस्थितिको लागि आग्रह समेत गरिएको छ । उक्त कार्यक्रमको जिल्लाका विभिन्न सन्चार माध्यम बाट प्रत्यक्ष प्रसारण समेत गरिने छ ।