
अछाम : अछाम जिल्लामा आगोलागीमा परी एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ नेटाकोटका स्थानीय ५० बर्षिय नर बहादुर साउँदको आगोलागीमा परि मृत्यु भएको हो ।
सोमबार राति स्थानिय केशर साउँदको पसलमा सुतिरहेको अवस्थामा आगोलागी हुदाँ उनको मृत्यु भएको हो । उनको मृत्यु भएको बारेमा स्थानीयहरुले आज दिउसो मात्र थाहा पाएका थिए ।
सोमबार राति मदिरा सेवन गरि सुतेका साउँद स्थानिय केशर साउदको पसलमा सुतिरको बेला ओगोलागीमा परि ज्यान गएको बताईएको छ। उनि सुतेको पसलमा राती करिव २ बजे आगलागी भएको स्थानीयले बताएका छन् ।
मृतकको शव पोष्ट मार्टमको लागि जिल्ला सदरमुकाम मंगलसैन ल्याउने तयारी भईरहेको छ । घटना बारे थप अनुसन्धान भईरहेको छ ।