स्वास्थ्य क्षेत्रका लागि सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आषाढ ९ अछाम जिल्लाको रामारोशन गाउँपालिकामा वडा नं १ मलातीकोटमा स्वास्थ्य संस्थाको सामाजिक परिक्षण गरिएको हो ।

स्वास्थ्य संस्थाहरुलाई आम नागरिक बिशेषगरी महिला,गरिब, पिछडीएका वर्ग समुदायप्रति उत्तरदायि,पारदर्शी बनाउदै उनिहरुलाई जिम्मेवार बनाई स्वास्थ्य सेवाका उपलब्धीहरु हासिल गर्न सामाजिक परिक्षण गरिएको रेडियो रामारोशनका स्टेशन म्यानेजर चंन्द्र बहादुर थापाले बताउनुभयो ।

सामाजिक परिक्षण कार्यक्रममा सहभागीहरुले सरकारले स्वास्थ्य संस्थाबाट ४२ प्रकारको औषधि वितरण हुने भनेर भनेपनि बिरामी हुदाँ औषधि नपाइने गरेको समेत गुनासो गर्नुभयो । कार्यक्रममा स्वास्थ्य ब्यबस्थापन समितीका अध्यक्ष तथा वडा अध्यक्ष चक्र बहादुर साउँदले स्वास्थ्य क्षेत्रको बिकासका लागि आँफु एकदमै प्रतिबद्घ रहेको बताउदै स्वास्थ्य क्षेत्रका समस्या नजिकबाट नियाली रहेकाले गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्नका लागि आवश्यक उपकरण खरिद तथा स्वास्थ्य संस्थाको विकासमा सधै लागि पर्ने समेत बताउनुभयो ।

कार्यक्रममा मलातीकोट स्वास्थ्य चौकीका ईन्चार्ज डम्बर बहादुर शाहले स्वास्थ्य क्षेत्रबाट सेवा प्रवाह गर्दा हुने कठिनाई तथा चुनौतीको बारेमा जानकारी गराउँदै स्वास्थ्य संरचना पूरानै उपकरण पनि पुरानै भएकाले सेवा दिन अफठ्यारो भएको गुनासो गर्दै नया जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रको बिकासमा ध्यान दिए सेवा दिन समस्या नहुने बताउनुभयो ।

कार्यक्रममा नरराज खनाल, तेजबहादुर साउद लगाएको सहभागिता रहेको थियो भने कार्यक्रममको सहजिकरण रेडियो रामारोशनका स्टेशन म्यानेजर चंन्द्र बहादुर थापा र बिक्रम परियारले गर्नुभएको थियो । यसैबिच स्वास्थ्य क्षेत्रको सामाजिक परिक्षण कार्यक्रम रामारोशा गाउँपालिका वडा नम्बर २ चाफामाण्डौमा पनि सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य शिक्षाका कारण वडामा स्वास्थ्य अवस्था सुधार भैरहेको सहभागीले बतायका थिए ।

कार्यक्रममा स्वास्थ्य को भवन निर्माण, खानेपानी ब्यावस्थापन, घेरापर्खाल निर्माण, सामुदायिक स्वास्थ्य ईकाईको भवन र खानेपानी निर्माण, गाउघर क्लिनिक भवन निर्माण, ल्याव सेवा संचालन र सूचना पाटि तथा निशुल्क औसधिको लिस्ट उचित ठाउमा राख्ने जस्ता कार्ययोजना तयार पारिएको छ । सामाजिक परिक्षणमा बोल्दै कार्यबाहक अध्यक्ष हिक्मत टमट्टाले स्वास्थ्या सस्थाबाट गुणस्तरीय सेवा प्रदानका लागि विभिन्न प्रयास गरिरहेको बताउनुभयो ।

सामाजिक परिक्षणमा उठेका सवाललाई पूरा गर्नका लागि पहल गर्ने प्रतिबद्धता ब्याक्त गर्नुभयो । चाफामाण्डौ स्वास्थ्य चौकिले दिने सेवालाई अझ प्रभावकारी बनाउनका लागि सबै सरोकारवाला को साथ र सहयोग आवश्यक रहेकोमा समेत जोड दिनुभयो । कार्यबाहक वडा अध्यक्ष टमट्टाले स्वास्थ्य कार्ययोजना को कार्यन्वयनका लागि पनि सहयोग गरिदिन आग्रह गर्नुभयो ।

सहभागी र सरोकारवाला बिच स्वास्थ्य क्षेत्रको सुधारका विसयमा बृहत् छलफल भयको सामाजिक परिक्षण कार्यक्रममा वडा सदस्य, महिला स्वास्थ्य स्वयमसेविका, आका समुहका अध्यक्ष तथा सदस्य लगायत सरोकारवालाको सहभागीता रहेको थियो ।

सामाजिक परिक्षण कार्यक्रममा स्वास्थ्यचौकी इन्चार्ज मिन बहादुर परियारले स्वास्थ्य सस्था मार्फत प्रवाह गरिएको सेवाका विषयमा जानकारि गराउनुभयको थियो भने सहजिकरण पत्रकार कमल कुमार रावल र शंकर थापाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button