बसुन्धरा माविद्वारा जनप्रतिनिधिको सम्मान, एक महिनाकाे सुविधा विद्यार्थीलाई दिने अध्यक्ष बिसीकाे प्रतिबद्धता

टेकराज भण्डारी, असार १३,  अछाम बसुन्धरा माध्यामिक विद्यालय तुर्माखाँद ३ भैरवस्थाले नवनिर्वाचित गाउँपालिका अध्यक्ष सहित जनप्रतिनिधिलाई सम्मान गरेकाे छ । विद्यालयले एक कार्यक्रमकाे आयाेजना गरि पालिका अध्यक्ष डम्बर बहादुर बिसी, वडा अध्यक्ष काँसिराम बुढा लगायतका जनप्रतिनिधिलाई सम्मान गरेकाे हाे ।

विद्यालयका प्रधानाध्यापक बम बहादुर विष्टकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पालिका अध्यक्ष बिसीले आफ्नाे कार्यकालमा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिने बताउनु भयाे ।

आफू यसै विद्यालयकाे व्यवस्थापन समिति अध्यक्ष हुँदै गर्दा विद्यालयकाे भाैतिक, शैक्षिक सुधारका लागि आफ्नाे याेगदान दिएकाे भन्दै अब पालिकाभरीकाे शैक्षिक सुभारका लागि अग्रसर भएर लाग्ने अध्यक्ष विसीकाे भनाइ छ ।

बसुन्धरा माविबाट प्रत्येक बर्ष उत्कृष्ट नतिजा ल्याउने तथा उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई आफ्नाे व्यक्तिगत तर्फबाट एक महिना बराबरकाे सुविधा प्रदान गर्ने अध्यक्ष विसीले प्रतिवद्धता जनाउनु भयाे । उक्त रकम विद्यार्थीकाे पढाईलेखाईमा खर्च गर्ने सुनिश्चितता गरिने समेत उहाँको भनाइ छ ।

नवनिर्वाचित जनप्रतिनिधिलाई विद्यालयका प्रधानाध्यापक बिष्ट, शिक्षक, विव्यस सदस्य, अभिभावक, विद्यार्थी लगायतले अबिर लगाई सम्मान गरिएकाे थियाे ।

साे कार्यक्रममा पूर्व विव्यस अध्यक्ष प्रभुनाथ भण्डारी, कृष्ण बहादुर विसी, सदस्यहरु प्रसादसिंह बुढा, अमृतादेवि बुढा, पुनादेवि बुढा, शिक्षक अभिभावक संघका अध्यक्ष लिलाराज भण्डारी, पूर्व सदस्य मीन बहादुर सुनार, पूर्व शिक्षक अर्जुनसिंह बुढा लगायतकाे सहभागिता रहेको थियाे । शिक्षक तिलक प्रसाद शर्माकाे स्वागत मन्तव्य तथा स्वागत गीतबाट समेत स्वागत गरिएकाे कार्यक्रमकाे संचालन शिक्षक राज बहादुर विसीले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button