शंकर थापा, अछाम अछाम जिल्लामा पछिल्लो समय जनसंख्या घट्दो क्रममा रहेको पाईएको छ । २०६८ को जनगणना भन्दा २०७८ को जनगणना सर्बेक्षण अनुशार अछामको जनसंख्या –१.०९ प्रतिशतले घट्दो क्रममा रहेको पाईएको हो ।
अन्तर्राष्ट्रिय जनसंख्या दिवसको अवसरमा भएको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जन स्वास्थ्य अधिकृत झनकराज ढुंगानाले २०६८ सालको जनगणनामा २ लाख ५८ हजारको हाराहारिमा जनसंख्या थियो भने २०७८ सालको जनगणनामा अछामको जनसंख्या घटेर २ लाख २८ हजारमा पुगेको जानकारी दिनुभयो ।
विशेष गरि जिल्लाबाट निरन्तरको बसाइँसराई, रोजगारिको सिलसिलामा पुरुषहरु बिदेशमा हुनु, बच्चा जन्माउनेको सङ्ख्यामा कमि आउनु प्रमुख कारण रहेको उहाँको भनाइ छ । जनसंख्या तथ्यांकमा घटदो क्रममा भएपनि अछाममा अझै पनि परिवार नियोजनका साधन प्रयोगकर्ताको संख्या न्यून रहेको ढुंगानाले बताउनु भयो ।
आगामी दिनमा परिवार नियोजन भन्दा पनि योजनामा सबैले जोड दिदै जानुपर्ने बताउनुभयो । ढुंगानले बसाइँसराई र रोजगारिको सिलसिलामा जिल्ला बाहिर भएका कारण अझैँ पनि करिब ४४ हजार जसंख्या जनगणनामा अनुपस्थीती देखाईएकाले जिल्लाको जनसंख्या बृद्धि नभई स्थीर अवस्थामा रहेको उल्लेख गर्नुभयो ।
जनसंख्या घटेर गएपनि ठुलो चुनौती नभएको भन्दै उहाँले भएको जसंख्यालाई शिक्षा, स्वासथ्य र समग्र भुगोल लगायत बिकास निर्माणका काममा व्यावस्थापन गर्न सके, निरन्तर रुपमा अगाडी बढेर जन्मदर घटाउनुका साथै मृत्युदरमा कमि ल्याएर उत्पादनशिल जनसंख्या लाई व्यावस्थापन गर्दै अगाढि बढ्न सकेमा समग्र क्षत्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
बढ्दो जनसंख्या बिद्धीदर लाई कम गर्नको लागी परिवार नियोजनको प्रयोग दर न्युन रहेको उल्लेख गर्दै यसको प्रयोग दर बढाएर जन्मदर घटाउन आवश्यक रहेको उहाँको भनाई छ । यस्तै पछिल्लो समय बिभिन्न खालका नसर्ने रोग बढ्दै गएकाले यसको न्युनिकरण गरेर अल्पायुमै हुने मृत्युदर कम गर्न सकेपनि जनसंख्या व्यावस्थापन हुने उल्लेख गर्नुभयो । आधारभुत स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको अधिकार भएको भन्दै अहिले पनि जिल्लामा सबैलाई स्वास्थ्य सेवाको पहुँचमा पुगाउन नसकिएको सुईकार्नुभयो ।
स्वास्थ्यकर्मिको व्यावस्थापन, पुर्वाधारको व्यावस्थापन गरेर सहजरुपमा स्वास्थ्य सेवा हरेक नागरिक लाई पुगाउनका लागी स्वास्थ्य कार्यालय र प्रदेश सरकारले जिल्लाका स्थानिय तहहरु संग समन्वय गरेर अगाडी बढिरहेको बताउनुभयो । स्वास्थ्य कार्यालय अछामको आयोजना तथा युएनएफपिए र फाया नेपालको सहयोग तथा समन्वयमा भएको कार्यक्रममा युएनएफपिए अछामका प्रमुख भरत गोतामेले विश्वको जनसंख्यालाई हेर्दा नेपालमा समेत बृद्धिदर बढदै गएकाले हरेकले सचेत रहनु पर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा शिक्षामा बिशेष जोड दिदै हरेक संचारकर्मिलाई पहुच नपुगेको बर्गसम्म सुचना पुर्याउन आग्रह गर्नु भयो । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले मन्तव्य राख्दै सहि सुचना हरेक नागरिकसम्म पुर्याउन संचारकर्मि प्रतिबद्ध रहेको बताउनु भयो ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाको अध्यक्षतामा भएको सरोकारवाला हरु संगको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री लगायत अछाम जिल्लाका विभिन्न सन्चार माध्यममा कार्यरत पत्रकार र सन्चारकर्मिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय अछामका प्रमुख तथा बरिस्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगाना, युएनएफपिएका भरत गोतामेले गर्नुभएको थियो भने अन्तरक्रिया कार्यक्रमको संचालन बरिस्ठ जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले गर्नुभएको थियो ।