इजरायल र निर्वासित विपक्षी समूहले आफ्ना वरिष्ठ परमाणु वैज्ञानिकको हत्या गरेकाे इरानकाे आराेप

  मंसिर १६, २०७७ मंगलबार ९:१०:१९

काठमाण्डाै – इरानले इजरायल र निर्वासित विपक्षी समूहले आफ्ना वरिष्ठ परमाणु वैज्ञानिकको हत्या गरेका आरोप लगाएको छ ।

रिमोटबाट नियन्त्रित बन्दुक प्रहार गरेर वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फखरिजादेहको हत्या गरेको इरानले आरोप लगाएको हो । तेहरानमा फखरीजादेहको अन्त्येष्टिका क्रममा सुरक्षा प्रमुख अली शामखानीले आक्रमणकारीले इलोक्ट्रोनिक उपकरण प्रयोग गरेर हत्या गरेको बताउनुभयो ।

इजरायलले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । सन् २००० को दशकको सुरुवातमा इरानको परमाणु कार्यक्रममा मोहसिन फखरीजादेहको महत्वपूर्ण भूमिका रहेको बीबीसीले जनाएको छ । इरानले आफ्ना परमाणु वैज्ञानिक मोहसिनको हत्याको बदला लिने चेतावनीसमेत दिएको छ ।

गएको शुक्रबार मोहसिन फखरिजादेहको हत्या भएको थियो । इरानले यस अघि पनि इजरायललाई आफ्ना परमाणु वैज्ञानिकको हत्या गरेको आरोप लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button