
कमलबजार प्रयोगशालामा थप २४ जनामा काेराेना संक्रमण पुष्टि
मङ्सिर १६ अछाम
अछाममा गरिएको परिक्षणमा २४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कमलबजार प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा २४ जनामा संक्रमण देखिएको छ ।
प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार नयाँ संक्रमण देखिनेमा जिल्लाको मंगलसेन नगरपालिका १२ पुरुष ४ महिला गरि १६ जनामा संक्रमण पुष्टि भएको हाे।
यस्तै यस्तै कमलबजार नगरपालिका २ पुरुष र बाजुराको बुढिगंगा नगरपालिकाका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हाे ।
२४ घण्टामा गरिएको परिक्षणमा ६८ जनाकाे स्वाब परिक्षण गर्दा २४ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे ।