विश्व एड्स दिवसको अवसरमा अछाममा अन्तरक्रिया

मंसिर १६, अछाम

विश्व एड्स दिवसको अवसरमा अछाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी भन्ने स्लोगनका साथ स्वास्थ कार्यालय अछामले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

अछामका सरोकारवाला र पत्रकारहरुको उपस्तिथिमा गरिएको कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना रहनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख टोप बहादुर रावल रहनु भएको थियो । अछाम ६९३ जना एचआईभी संक्रमीत रहेको ती मध्य ६५६ जनाले मात्रै एआरटी सेवन गरिरहेका छन भने अन्य संक्रमीत सम्पर्क भन्दा बाहिर रहेका छन् ।

परामर्श तथा परिक्षण सेवाको कम पहुँच हुनु एआर्टी वितरण केन्द्र नहुनु , पोषण सहयोग कार्यक्रम निरन्तर नहुनुले एचआईभी संक्रमीत अप्ठ्यारोमा परेको सहभागीको गुनासो रहेको थियो ।

उपचार तथा यातायात खर्चको अभाव , लालछना र भेदभावका कारण समस्या भएको एचआईभीएड्स संक्रमीतको पक्षमा लामो समय देखि काम गर्दै आउनु भएका गङ्गा थापाले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय , पत्रकार , संघसंस्थाका प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको उदेश्य माथी सूचना अधिकारी देव जोशीले प्रकाश पार्नु भएको थियो भने संचालन जनस्वास्थ्य निरीक्षक झपटराज ढुंगानाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button