
असोज मसान्तभित्र योजनाको सम्झौता गर्न मंगलसैन नगरपालिकाको आग्रह
साउन १७, अछाम : मंगलसेन नगरपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न हुने योजनाको सम्झौता गर्न आग्रह गरेको छ ।
मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सोडारीद्धारा सोमवार जारी गरिएको सूचनामा असोज महिना भित्र वडामा सञ्चालन हुने सम्पूर्ण योजनाहरुको सम्झौता गर्न भनिएको छ ।
जारी सूचनामा समयावधि भित्र सम्झौता नभएका योजनाहरुको काम कार्वाही अगाडि नबढाईने समेत उल्लेख गरिएको छ ।
सोको जवाफदेहिता सम्बन्धित वडा कार्यालय हुने मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सोडारीको भनाई रहेको छ ।
उहाँले विकास निर्माणका कार्यलाई प्रभावकारी र गुणस्तर बनाउनको लागि योजना समयमा सुरु गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
