मङ्सिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

काठमाण्डाै – सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयाे ।  

सत्ता गठबन्धनको हिजाे बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो । 

यसैबीच मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मङ्सिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ । २०७४ सालमा मङ्सिर १० र २१ मा गरी दुई चरणमा चुनाव भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button