युवाहरुले गरे एक किलोमिटर सडक मर्मत

टेकराज भण्डारी, साउन २२, अछाम मंगलसेन नगरपालिका वडा नम्बर ६ मा युवाहरुले सडक मर्मत गरेका छन् । वडा नम्बर ६ का वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीकाे नेतृत्वमा वडा कार्यालयदेखि सिस्नेडीसम्म करिब १ किलोमिटर सडक मर्मत गरिएको हाे ।

बर्षाले सडक चिरेकाे, भत्किएको तथा पानी जमेर सवारी आवागमनमा समस्या हुन थालेपछि युवाहरुले निःशुल्क रुपमा सडक मर्मत गरेका हुन् । बर्षाले सडक बिगारेपछि माेटरसाइकल, एम्बुलेन्स तथा अन्य अत्यावश्यक सवारी साधन समेत आउन नसक्ने अवस्था भए पछि सडक मर्मत गरिएको वडा अध्यक्ष भण्डारीले बताउनु भयाे ।

सडकका खाल्डाखुल्डी पुर्नुका साथै नाली समेत बनाईएकाे छ । सडक मर्मतमा वडा सदस्य दुर्गाप्रसाद भण्डारी, कुलानन्द भण्डारी, राजेश्वर भण्डारी, चन्द्रप्रसाद भण्डारी, शिवराज भण्डारी, टंकप्रसाद भण्डारी, खगेन्द्र प्रसाद भण्डारी, पुष्पराज भण्डारी, प्रेमप्रसाद भण्डारी, गाेरप्रसाद भण्डारी, धनिराम खत्री, बृख, खत्री, देबेन्द्र प्रसाद खत्री, तपेन्द्र भण्डारी, उपेन्द्र भण्डारी, टेकराज भण्डारी लगायतकाे सहभागिता रहेको थियाे । सडक मर्मत गरेपछि एम्बुलेन्स, जीप लगायतका सवारी साधनको आवागमनमा सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button