कराते संघ अछामको आयोजनामा एक दिने अभ्यास सम्पन्न

अछाम : राष्ट्रिय गोजोरियो करते संघ अछामको आयोजनामा एक दिने अभ्यास तथा सेभिन कार्यक्रम मंगलसेन नगरपालिका ६ मा सम्पन्न भएको छ । संघको आयोजनामा शनिवारनै जिल्लाको सदरमुकाम मंगलसेनको खुलामञ्च, कैलाश खोला लगायतका स्थानमा पनि अभ्यास तथा सेभिन कार्यक्रम भएको थियो ।

ठुलासैनमा सम्पन्न कार्यक्रमको अध्यक्षता राष्ट्रिय गोजोरियो कराते संघ अछामका प्रमुख प्रशिक्षक बिएस ओड्ले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख बोहराले खेल क्षत्र एक अनुसासित जगत भएकाले एक सच्चा खेलाडीको पहिचान बनाउन सक्नुपर्ने भनाई राख्नुभयो । उहाँले राष्ट्रका लागी खेल र स्वास्थ्यका लागी खेल क्षत्र भएको उल्लेख गर्दै खेल जगतबाट स्वस्थ्य, नैतिकवान र सक्षम नागरिक उत्पादन गर्न सके मात्र राष्ट्र सक्षम हुने बताउनुभयो ।

उहाँले अहिले पनि गाउँ समाजमा थुप्रै युवाहरु दुरव्यसनिमा फसेको उदाहाण दिदै नैतिकवान र सक्षम नागरिकको खडेरि परीरहको बेला गोजोरियो काराते संघले जिल्लामा रचनात्मक कार्य गरेको बताउनुभयो । यस्ता नराम्रा कार्यबाट टाढा रहेर गाउँसमाजमा एक उदाहारणीय व्यक्त बन्न सक्नुपर्ने सुझाब दिनुभयो । यो खेलमा सबैलाई आर्कसित गर्नका लागी सबैले सकारात्मक कुराहरु लाई आत्मसाथ गर्न आग्रह गर्नुभयो ।

यसैबिच उहाँले कराँते खेललाई जिल्लामा विस्तार गर्नका लागी साँफेबगरबाट सुरुवात भएको भन्दै एकदमै उदाहरणीय अनि सह्रायिन कार्य भएको उल्लेख गर्नुभयो । जिल्लाको मंगलसेन नगरपालिकामा पनि यस क्षत्रको बिस्तारका लागी पहल गर्ने बताउनुभयो ।

यस खेलको बिकाका लागी अछाम जिल्लाका १० ओटै स्थानिय तहरुले सहयोग गर्नुपर्ने भन्दै मंगलसेन नगरपालिकाले सक्दो सहयोग गर्दै हौसला प्रदान गर्ने कुरामा पछि नहट्ने उहाँको भनाई छ ।

अछाम जिल्लामा पछिल्लो समय राष्ट्रिय गोजोरियो कराँते संघको शाखा स्थापना भए संगै खेलाडीहरुको आर्कषण पनि बढ्दै गएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा स्थापना भएको शाखामा अहिले करिव १ सय भन्दा बढि प्रशिक्षर्थिहरु रहेका संघका प्रमुख प्रशिक्षक बिएस ओडले रेडियो रामारोशनलाई जानकारि दिनुभएको छ ।

अछाम जिल्लामा अन्य खेल क्षत्र भन्दा कराते लाई खासै चाँसो दिएको पाईदैन । स्थानिय तहरुले अन्य खेलको लागी बजेट विनीयोजन गरिहेका छन् । भने करातेमा लगानी शुन्य जस्तै छ । यो खेलको बिकासका लागी सबै क्षत्रबाट सहयोग र हौसला पाए जिल्लाको छुट्टै पहिचान बनाउन सहयोग पुग्नेमा प्रशिक्षक बिएस ओड्को विश्वास छ ।

आफु जिल्लामा यस खेललाई सबै पालिकामा बिस्तार गर्नका लागी लागीरहेको भनाई राख्नुभयो । कार्यक्रममा नेकपा एमाले अछामका जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहरा, नेपालि काँग्रेस मंगलसेन नगर कमिटीका क्षेत्रिय सदस्य गोबिन्द शोव, प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिवालय सदस्य आकाश कुवर मंगलसेन नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष देवेन्द्र भण्डारी लगायतको सहभागीता रहेको थियो ।

हरिशचन्द्र तिरुवाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन तपेन्द्र स्वारले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button