एकै दिन १ हजार ९० जनामा कोरोना पुष्टि, २ जनाको ज्यान गयो

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा निकै लामो समयपछि एकै दिन एक हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै थप चार सय ३८ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण ११ हजार नाै सय ७४ जनाको ज्यान गएको छ । 

थप एक लाख ७१ हजार आठ सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।ujyaaloonline.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button