अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पुर्व अध्यक्ष साउद सम्मानित

अछाम : जिल्ला युवा संजाल अछामका पूर्व अध्यक्ष होम बहादुर साउद सम्मानित हुनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलसेनमा आयाेजित एक कार्यक्रमकन विच साउदलाई सम्मानित गरिएको हाे ।

जिल्ला युवा संजालको अध्यक्षमा रहि संजालकाे सस्थागत विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै अध्यक्ष साउदलाई सम्मानीत गरिएकाे जनाईएकाे छ ।

२०७२ देखि २०७८ सम्म जिल्ला युवा संजालकाे अध्यक्ष रहनुुभएका साउदले युवाहरुकाे पक्षमा निरन्तर पैरवी गर्दै आईरहनुभएकाे छ ।

युवा संजालका लागि पूर्व पदाधिकारीहरुले गरेकाे याेगदानकाे कदर गर्दै अन्तरास्ट्रिय युवा दिवसकाे अवसर पारि सम्मानित गरिएको जिल्ला युवा सञ्जाल अछामले जनाएको छ । यस्तै सोही अवसरमा युवा संजाल अछामका पुर्व उपाध्यक्ष मेनुका ढुंगाना लाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button