
अछाम : जन्मदिनको अवसरमा वयालपाटा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल वितरण र अस्पताललाई आर्थिक सहयोग गरिएको छ ।
मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ निवासी हेमराज रावलले बिरामीलाई फलफुल र अस्पताललाई आर्थिक सहयोग गरेका हुन ।
अस्पतालमा भर्ना भएका ५५ जनालाई फलफुल वितरण र अस्पताललाई १० हजारको चेक रावलले जन्मदिनमा हस्तान्तरण गरेका छन ।
चेक हस्तान्तरण गर्दै वयालपाटा अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकले जन्म दिनको अवसरमा बिरामीलाई फलफुल र अस्पताललाई आर्थिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
पछिल्लो समय जन्मोत्सव, विवाह उत्सोव जस्ता कार्यमा सामाजिक कार्यमा सहयोग गर्ने अभियान बढन थालेको छ ।