भुलुका पहिरो पीडितलाई प्रवासीको ५१ हजार सहयोग

टेकराज भणडारी, अछाम । अछामको तुर्माखाँद–२ भुलुका पहिरो पीडितलाई प्रवासीहरूले आर्थिक सहयोग गरेका छन् ।

गत साउन ८ गते राती परेको अबिर बर्षाका कारण पहिरोमा परी ज्यान गुमाएकाका आफन्तलाई ५१ हजार नगद सहयोग गरिएको हो ।

सुदूरपश्चिमेली नेपाली समाज भारतको सहयोग र वडा नं ८ धमाली का वडा अध्यक्ष निरक बहादुर शाहीको सहजीकरण सहयोग रकम मृतकका आफन्तलाई हस्तान्तरण गरिएको हो ।

शोकमा रहेका आफन्तलाई केही राहत होस् भन्ने उद्देश्यले प्रवासी दाजुभाइसँग रकम सङ्कलन गरि सहयोग गरिएको सुदुरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष कटक विष्टले बताउनु भयो ।

सुदूरपश्चिमेली नेपाली समाज भारत, हिमाञ्चल प्रदेशका संयोजक दिपक धमाला, दिर्ग धमाला, दिनेश बिष्ट लगायतको सक्रियतामा रकम सङ्कलन गरिएको भन्दै सबै सहयोगीलाई वडा अध्यक्ष शाहीले धन्यवाद व्यक्त गर्नुभयो ।

घरमाथिबाट आएको पहिरोमा परी तुर्माखाँद २ भुलु निवासी स्थानीय अमर बिष्टका भाउजू ४५ वर्षिया हरिकला बिष्ट, भाइ २५ वर्षीय वीरेन्द्र बिष्ट र भतिजा १५ वर्षका संविधान विष्टको ज्यान गएको थियो भने ५ बाख्रा समेत मरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button