अछामका ४० हजार बढी बालबालिकालाई काेभिड-१९ बिरुद्धकाे खाेप लगाईँदै

टेकराज भण्डारी, अछाम, भदौ ५ गते अछामका ४० हजार बढी बालबालिकालाई काेभिड-१९ बिरुद्धकाे खाेप लगाउन शुरु गरिएको छ । आज आईतबारबाट ५ बर्षदेखि ११ बर्षभित्रका ४० हजार बढी बालबालिकालाई कोभिड-१९ बिरुद्धको खोप लगाउन शुरु गरिएको हाे ।

नियमित खोपका कार्यक्रमहरु प्रभावित नहुने गरि कालबालिकालाई कोभिड १९ रोग विरुद्धको खोप अभियान संचालन भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनुभयो ।

सरकारले कोभिड-१९ विरुद्ध खोप अन्तर्गत फाईजर – बायोएनटेक अभियान अन्तर्गत पहिलो मात्रा भाद्र ५ देखि ११ सम्म र दोस्रो मात्रा भाद्र २७ देखि आश्विन १ गतेसम्म संचालन गर्ने र साेही अनुसार अछामममा पनि अभियान शुरु भएको स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत ढुंगानाले बताउनु भयो ।

जिल्लाका ५३४ खोपकेन्द्रमा विद्यालय बाहिर रहेका ५२१ र विद्यालयमा अध्ययनरत ३९ हजार ९ सय गरि ४० हजार ४ सय २१ बालबालिकालाई खोप दिईने ढुंगानाले बताउनु भयो । अछामका ९ पालिकामा भाद्र ५ गतेबाट र बाँकी रहेकाे कमलबजार नगरपालिकामा भाद्र ९ गते बाट खाेप अभियान सञ्चालन हुने बताईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button