अर्घाखाँचीमा आगो ताप्दा जलेर एक जनाको ज्यान गयाे

  मंसिर १७, २०७७ बुधबार ७:१:५३

अर्घाखाँची – अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ ।

पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिनुभयो । घरमा एकलै बसोबास गदै आएका उहाँलाई आगो ताप्दै गर्दा कपडामा आगो सल्किएको थियो ।

घरमा एकलै भएकाले समयमै उद्वार हुन नपाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button