संस्कार र संस्कृतिलाई जाेगाएर चाडपर्व मनाउनुपर्ने नगरप्रमुख बाेहराकाे भनाइ, मंगलसेन ६ मा तीज विशेष कार्यक्रम सम्पन्न

टेकराज भण्डारी भदौ १४, अछाम मंगलसेन नगरपालिकाका प्रमुख पदम बाेहराले संस्कार र संस्कृतिलाई जाेगाएर चाडपर्व मनाउनुपर्ने बताउनु भएको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ६ काे सहयाेग तथा जाल्पादेवि महिला बहुउद्देश्यीय सहकारी संस्थाकाे आयाेजनामा वडा कार्यालयमा भएको बृहत् तीज बिशेष कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बाेल्दै नगरप्रमुख बाेहराले हरितालिका तीज संस्कार, संस्कृति, मेलमिलाप, धार्मिक आस्था सहितको पर्व भएको भन्दै यसकाे मर्मलाई बुझेर साेही अनुसार मनाउनुपर्ने बताउनुभएको हाे ।

नारीलाई माता, जननी तथा देवीकाे रुपमा पुजा गर्ने पूर्वीय संस्कृति भएको भन्दै हरेक घरमा शान्ति, मेलमिलाप तथा एकता कायम गर्दै अघि बढ्नुपर्ने समेत बताउनु भयाे महिला र पुरुष मिलेर अघि बढे मात्र घरपरिवार र सन्तानले असल संस्कार पाउने उहाँको भनाइ छ ।

धनी परिवारकी छाेरी पार्वती महादेवसंग विवाह गर्न लागेकाे कुरा आमावुवालाई मन नपरेपछि पार्वतीले महादेव परिवार मिलाएर राख्नसक्ने देउताका पनि देउता भएको तर्क गर्दै कठाेर व्रत बसेर मनाेकामना पूरा गरेकाेले त्यसबाट ज्ञान लिनुपर्ने नगरप्रमुख बाेहराकाे भनाइ छ ।

प्रमुख अतिथि मंगलसेन नगरपालिकाका प्रमुख पदम बाेहरा

मंगलसेन नगरपालिकाले महिला शशक्तिकरण तथा अधिकारका विभिन्न कार्यहरु समेत गर्दै आएकाे भन्दै नगरप्रमुख बाेहराले लक्षित वर्गलाई वडासंग समन्वय गर्दै लाभ लिन आग्रह गर्नुभयाे ।

सहकारी संस्थाका अध्यक्ष हरिकला भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले हरितालिका तीजकाे अवसरमा शुभकामना दिँदै वडाले महिलाका हक अधिकारका लागि सधैं सहयोग गर्ने बताउनु भयाे ।

विशिष्ट अतिथि मंगलसेन नगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी

कार्यक्रममा वडा नम्बर ६ का ६ वटै टाेलका महिला दिदीबहिनीका नृत्य प्रस्तुति देखाईएका थिए भने सबै टाेलीलाई पुरस्कार समेत प्रदान गरिएको थियोे ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा वडा सदस्य दुर्गाप्रसाद भण्डारी, वडा सदस्य जन्मराज भण्डारी, सरिता भण्डारी, जैसरा दमाई, एमाले जिल्ला कमिटी सदस्य पुष्पराज भण्डारी, जिल्ला सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद भण्डारी, रेडियो नेपालका अछाम सम्बाददाता टेकराज भण्डारी, नेकपा एमालेका वडा अध्यक्ष राम प्रसाद भण्डारी, नेपाली कांग्रेसका वडा उपसभापति मनिराम भण्डारी, शिवशक्ति कृषि सहकारी संस्थाका अध्यक्ष लाेकराज भण्डारी, गंगा माविका प्रधानाध्यनपक माेतिराम भण्डारी, ठुलनसैन आधारभूत स्वास्थ्य चाैकीका ईन्चार्ज मीना रावल भण्डारी, मालिका आधारभूत विद्यालयका शिक्षक बसन्ता भण्डारी, मनकामना आविका प्रअ नगेन्द्रप्रसाद भण्डारी, जेष्ठ महिला ९९ बर्षिया देउकला भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियाे ।

सहकारी संस्थाका लेखा संयाेजक जयन्ती भण्डारीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे संचालन व्यवस्थापक गंगा ढुंगानाले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button