अछामः
तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्वर बिसीले तुर्माखाद बासिहरूकाे हितका निम्ति काेहि कसैसंग सम्झाैता नगर्ने बताएका छन । सामाजिक सञ्जालमा सार्वजनिक जानकारी सम्वन्धमा अनुरोध गर्दै बिसीले सो कुरा बताएका हुन ।
गाउँ कार्यपालिका सदस्यहरुले केही दिन देखी विभिन्न खाले माग राखीरहेको भन्दै उहाँले नेपालको संविधान २०७२ र स्थानीय तह संचालन ऎन २०७४ ले परिकल्पना गरे अनुसार स्थानीय तहमा जन निर्बाचित कुनैपनी सदस्य सत्ता पक्ष र प्रतिपक्षी नहुने कुरा जानकारी गराएका छन । “यधपी सदस्यहरुले राख्नु भयको मागप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।” उनले भनेका छन – “काम गर्दै जादा केही समस्याहरु आउन सक्छन् ति समस्याको वार्ता, सम्बाद र छलफलवाट मात्रै हल खोज्न सकिन्छ, हाल म र कार्यलय प्रमुख काम बिशेषले बाहिर छौ । मैले काम बिशेषले बाहिर जाने कुरा सदस्य साथिहरुलाई जानकारी गरायर नै बाहिर आयका हो । समस्या समाधान गर्न वार्ता र छलफलका लागि म सधै तयार थिएं र छु ।”
केही मान्छेहरुले आफ्नो नाम जोडेर विभिन्न आरोप र केही चरित्र हत्या गर्ने गरि सामाजिक संजाल प्रयोग गरेको भन्दै अध्यक्ष बिसीले यसप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन । “यो सब के कारण भैरहेकोछ र त्यसमा क-कस्को के के भुमिका छ ? बिसीले प्रश्न गर्दै भनेका छन – “त्यस्को वास्तविकता के हो भन्ने सम्बन्धमा म फर्की सकेपछी पत्रकार सम्मेलन मार्फत सम्पुर्ण तुर्माखाद बासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई जानकारी गराउनेछु ।”
आफुले कुनै पनि ब्याक्तिगत स्वार्थ नराखेको र म कसैको पनि ब्याक्तिगत स्वार्थ पूरा हुन नदिने बिसीले बताए । राजनीतिक आस्था तथा दलगत रुपमा कसैप्रती पनि आग्रह वा पुर्बाग्रह नराख्ने समेत अध्यक्ष बिसीको भनाई छ । “गाउँपालिकाको अध्यक्षको जिम्मेवारी मेरो जिबनको अन्त्य नभै सुरुवात मात्रै हो भन्ने कुरा संग म सदैव सचेत छुं, गाउँपालिका बासिहरुले म प्रती गरेको आशा अपेक्षा र भरोसा पर्ती म सधै सचेत छु र तपाईंहरुले ५ बर्षका लागि दिनुभएको साझा जिम्मेवारीलाई त्यही रुपमा निर्बाह गर्ने प्रतिबद्धता व्यक्त गर्द्छु ।” बिसीले भनेका छन । mangalkhabar.com